अल्पार्इन बैंकले गर्यो ६९.३३ प्रतिशत हकप्रद प्रस्ताव, यसरी पुर्याउदैछ ५० करोड चुक्ता पुंजी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 01:23:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अल्पाइन डेभलपमेन्ट बैंकले ३:२.०८ को अनुपातमा अर्थात् ६९.३३ प्रतिशत हकप्रद प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई  ६९.३३ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।

 बैंकको आगामी  साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि र निमायक निकायले अनुमति दिएपछि बिक्री खुला हुने छ । 

तीन जिल्ला मात्रै कार्य क्षेत्र भएका यस बैंकले चुक्ता पूँजी २०७४ असारसम्ममा ५० करोड पुर्याउनु पर्छ । बैंकको मकवानपुरमा ६, चितवनमा ४ र काभ्रेमा ४ शाखा संचालनमा छन् भने प्रमुख कार्यालय मकवानपुरको हेटौडामा छ ।

बैंकले गत श्रावणमा  ३:२.०८ को अनुपातमा ८ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।  ३:२.८ अनुपातमा हकप्रद बिक्री, अघिल्लो बर्षको मुनाफाबाट २३ प्रतिशत बोनस र हकप्रदमा नबिकेको सेयर लीलामीपछि बैंकको पूँजी २२ करोड ७१ लाख पुगेको छ । 

 पुन हकप्रद बिक्रीपछि चुक्ता पुंजी ४४ करोड रुपैयाँ पुग्ने छ भने चालु आर्थिक बर्षको बोनस पछि ५० करोड पूँजी पुर्याउने बैंकको योजना छ ।

यस्तो छ क्यापिटल प्लान 

 

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved