जनता बैंकको हकप्रद भर्ने म्याद थपियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 12:41:33 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले लिमिटेडले हकप्रद भर्ने म्याद थप गरेको छ । अब लग्निकर्ताले पुस १० सम्म बैंकले बिक्रि गरिरहेको ५० प्रतिशत हकप्रद भर्न  सक्ने छन्  । यस अघि हकप्रद भनरे अन्तिम मिति आज पुस ५ लाई तोकिएको थियो  । बैंकले मङ्सिर १ देखि हकप्रद बिक्रि थालेको हो  ।

बैंकले १ करोड ३ लाख कित्ता हकप्रद बिक्रि थालेको हो । हकप्रदको लागि कार्तिक ११ बुक क्लोज मिति तय भएको थियो । कार्तिक १० सम्म बैंकको शेयर किनेका लगानीकर्ताले हकप्रद भर्न सक्ने छन्  ।

हकप्रदको लागि एनसीएम मर्चेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ  । हकप्रद एनसीएम मर्चेन्ट बैंकिंगको कार्यालय कमलपोखरी र जनता बैंकको सबै शाखाबाट आवेदन दिन सकिने । 

हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६ करोड रहेकोमा हकप्रदपछि २ अर्ब ९ करोड पुग्ने छ । बैंकले त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरिसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved