अरुण काबेलीको आईपिओ आज बाँडफाँड हुदै, यस्तो छ बाँडफाँडको प्रारम्भिक मोडालिटी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 01:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली  पावर लिमिटेडले निष्काशन गरेको ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपिओ) आज मंगलबार बाढफांड हुदै छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपिओको बाढफांड आज दिउँसो ३ बजे ट्रेड टावर थापाथली स्थित अरुण काबेलीको कार्यालयबाट   हुने जनाएको छ ।

आईपिओको बाढफांडका लागि सिद्दार्थ क्यापिटलले नियामक निकाय धितोपत्र बोर्डमा प्रारम्भिक मोडालिटी प्रस्तुत गरेको छ । जस अनुसार ५ हजार रुपैंयादेखि ३५ हजार रुपैंयासम्मका आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने छन् । त्यस्तै ३५ हजार रुपैंयादेखि ५० हजार रुपैयाँसम्मका आवेदकले  २.६७ प्रतिशतको अनुपातले शेयर पाउने   छन् ।  ५० हजार भन्दामाथि आवेदन दिएका लगानीकर्ताले १.९७  प्रतिशतका अनुपातले शेयर पाउने छन् । यो प्रारम्भिक मोडालिटी भएकाले अन्तिम मोडालिटी फरक हुन् सक्ने छ, जुन बाडफाँड पछि मात्र थाहा हुने छ । 

२५ मेगावाटको अरुण काबेलीले सर्वसाधारणका लागि  कात्तिक ९ देखि १२ गतेसम्मका लागि आबेदन खुला गरेको थियो।  निष्काशन गरेको ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयरका लागि १२ अर्ब रुपैयाँ बराबरको आबेदन परेको थियो । जुन माग भन्दा ४३ गुणाले बढी हो  । 

सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

कम्पनीले निष्काशन गर्ने ३० लाख साधारण शेयर मध्य ९० हजार कित्ता शेयर कर्मचारी र १ लाख ५० हजार कित्ता शेयर ७ सामुहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको थियो। ७ सामुहिक लगानी कोषमा नबिल ब्यालेन्स फन्ड-१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-१, एनआइबिएल समृद्धि फन्ड-१, लक्ष्मी भ्यालु फन्ड-१, सिद्दार्थ इक्विटी ओरिएन्टेड स्किम, सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१ र ग्लोबल आएमई समृद्धि फन्ड-१ रहेका छन। 

कम्पनीले २७ लाख ६० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याएको हो । पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले यस अघि नै १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरि शेयर बांडफांड समेत गरिसकेको छ।  

कुल १ अर्ब ५० करोड चुक्ता पुंजी रहेको यस कम्पनीमा संस्थापक शेयर १ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने आयोजना प्रभावित स्थानीय बासिन्दाको १५ करोड रहेको छ। सर्वसाधारणमा ३० करोड रुपैयाँ बराबरको साधारण शेयर वितरणपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

अरुण काबेली पावर अरुण भ्याली हाइड्रोपावरको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved