धुर्मुस सुन्तलीद्वारा तेस्रो एकीकृत नमुना  वस्ती निर्माणको घोषणा, यसै बर्ष सक्ने लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2016 | 10:46:10 AM मा प्रकाशित

laxmi  sunrise bank

यस अघि काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत नमुना  वस्ती निर्माण गरेको धुर्मुस सुन्तली फाउन्डेसहनले तेस्रो एकिकृत नमुना वस्ती निर्माण गर्ने घोषणा गरेको छ  ।  हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले महोत्तरीको बर्दिबाशमा रहेको मुसहर वस्तीमा नमुना वस्ती निर्माण गर्ने घोषणा गरेका हुन्   ।  

फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले अहिले ५० परिवारको लागि घर निर्माण गर्न लागेको बताए  । फाउन्डेशनका यसै बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।  धुर्मुस सुन्तलीले भिडियो मार्फत आफ्नो घोषणा सार्बजनिक गर्दै मानवता र सद्भावका लागि यस अघि गरे जस्तै गरी सहयोगका लागि अपील समेत गरेका छन् ।

मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न ९८०३४७२४७६, ९८४७२२९९१२  वा [email protected] मा सम्पर्क गर्न सकिने फाउन्डेसहनले जनाएको छ । साथै कुन्जना घिमिरे, ललितपुरमा रेमिट्यान्स वा बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडको खान नम्बर ०१६८००१००३७०५२४ मा सहयोग गर्न सकिने छ   ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved