भाषा आयोगलाई सुझाव दिन विज्ञ समूह गठन, हेर्नुस को को परे 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2016 | 02:13:22 PM मा प्रकाशित

laxmi  sunrise bank

भाषा आयोगले आफ्ना काममा सहयोग लिन विज्ञहरुको एक समूह गठन गरेको छ।  
आयोगले सो समूहमा वैरागी काइँला (तिलविक्रम नेम्वाङ), प्राडा योगेन्द्रप्रसाद यादव, प्राडा चूडामणि बन्धु, प्राडा नोवलकिशोर राई, प्राडा माधवप्रसाद पोखरेल, प्राडा तेजरत्न कंसाकार, प्राडा जीवेन्द्रदेव गिरी, प्राडा दानराज रेग्मी र प्राडा रुद्रलक्ष्मी श्रेष्ठलाई राखेको छ।
 
आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा क्षेत्रमा लामो समयसम्म योगदान दिएका विज्ञहरुहरुको समूहले अध्ययन र विश्लेषण गरी सुझाव दिने बताए। संविधानबमोजिम गठित आयोगले मुलुकमा सरकारी कामकाजका लागि भाषाहरुको मानक तयार गर्नेछ। आयोगका सदस्यहरु भने नियुक्त हुन बाँकी छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved