राजिनामा दिएका इन्जिनियरको भत्तामा भारी वृद्धि, ४ सचिवको सरुवा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 12:46:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भूकम्पपछिको पुनर्निर्माण काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले प्रोत्सहन स्वरुप ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो। साथै उनीहरुलाई ४८ घटना भित्र काममा फर्कन निर्देशन दिईएको छ  । 

 भत्ता बढाउनुपर्ने, बिमा गर्नुपर्नेलगायत माग राख्दै आन्दोलित उनीहरूले सरकारले माग पूरा नगरेको भन्दै  राजीनामा दिएका थिए। 

बैठकले सरकारले ४ सचिवको सरुवा पनि गरेको  छ । जस अनुसार प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालय, सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालय ल्याइएको छ । त्यस्तै भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालय र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved