हकप्रद र बोनस सेयर जारि गर्न कैलाश विकास बैंकले एकै साथ बुक क्लोज गर्ने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2016 | 12:24:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश बिकास बैंकले साधारणसभाका लागि सुचना जारि गरेको छ।  बैंकले बोनस र साधारणसभा प्रयोजनका लागि एकै दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको  छ। बैंकले २५ प्रतिशत बोनस तथा २० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ । 

कम्पनीले २५  प्रतिशत बोनस सेयर, २० प्रतिशत हकप्रद र साधारणसभा प्रयोजनका लागि पुष १४ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ। पुष १३ सम्म कायम सेयरधनीले मात्र कम्पनीको बोनस तथा हकप्रद प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउने छन।

कम्पनीले ३१  करोड ६० लाख बराबरको ३१  लाख ६०  हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले पुष २९  का लागि २३  औ बार्षिक साधारणसभा डाकेको छ।  

उक्त बोनस प्रस्ताब नेपाल राष्ट्र बैंकले  स्वीकृत गरेपछि र कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बोनस शेयर वितरण हुने छ। 

हाल बैंकको चुक्ता पुंजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। बोनस वितरणपश्चात  पूँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । 

 बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो । एक अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको बैंकको बोनस वितरणपश्चात  पूँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । हकप्रदपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँँ नाघ्नेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved