संयुक्त राष्ट्र संघको निर्णयपछि भड्कियो इजरायल , सम्बन्धबारे पुनर्विचार गर्ने घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2016 | 10:57:25 AM मा प्रकाशित

laxmi  sunrise bank

इजरायली प्रधानमन्त्री बिन्जामिंन नेतान्याहूले राष्ट्रसंघसंगको इजरायलको सम्बन्धबारे पुनर्विचार गर्ने बताएका छन। संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा पूर्वी जेरुसलेममा अवस्थित अबैध बस्ति हटाउने प्रस्ताब पारित पछि रुष्ट बनेको इजरायलले राष्ट्रसंघसंगको हरेक सम्बन्धमा पुनर्विचार गर्ने बताएको छ। 

१५ सदस्यीय संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा पूर्वी जेरुसलेममा अवस्थित अबैध बस्ति हटाउने भन्नेमा १४ मत परेको थियो भने अमेरिकाले मतदान प्रक्रियामा भएन। यस अघि भिटो प्रयोग गर्दै आएको अमेरिकाले यस पटक भने भिटो प्रयोग नगरी मतदान प्रक्रियामा समेत भाग लिएन। जसकारण अबैध मानिएको पूर्वी जेरुसलेममा इजरायलद्वारा निर्मित हटाउने प्रस्ताब पारित भएको छ। 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भएको अबैध बस्ति हटाउने प्रस्ताब मान्न इजरायल बाध्य नभएको इजरायली प्रधानमन्त्रीले प्रतिक्रिया दिएका छन। आफुले विदेश मन्त्रलायलाई संयुक्त राष्ट्रसंघसंगको हरेक सम्बन्धबारे पुनरावलोकन गर्न निर्देशन दिएको प्रधानमन्त्री नेतान्याहूले बताएका छन। यसमा संयुक्त राष्ट्रसंघका संस्थाहरुलाई वित्तीय सहयोग र यस संस्थाहरुका प्रतिनिधिहरुको इजरायलमा उपस्तिथी रहेको छ।       

संयुक्त राष्ट्रको निर्णय पक्षपातपूर्ण र लज्जास्पद रहेको बताएका इजरायली प्रधानमन्त्री नेतान्याहूले 'यसमा समय लाग्ने छ तर यो निर्णयलाई अमान्य घोषणा गरिने छ' भने। 

यता प्यालेस्टाइनले भने संयुक्त राष्ट्रसंघको निर्णयलाई स्वागत गरेको छ। प्यालेस्टाइन राष्ट्रपति महमुद अब्बासका एक प्रवक्ताले 'संयुक्त राष्ट्र सुरक्षाको प्रस्ताब इजरायली नीतिका लागि एक ठुलो धक्का हो' भनेका छन।  

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved