यातायात बिभागको अनलाइन सेवाले लाइसेन्सको लागि लाइन बस्दाको भन्दा पनि कम आवेदन लिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2016 | 01:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी चालक अनुमति पत्र लाइसेन्सको आवेदन अनलाइन बाट लिने प्रणाली सुरु भएपछि पनि सेवा ग्राहीले खासै सुबिधा नपाउने देखिएको छ ।  

 यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्न सकिने सुविधा सुरु गर्दै छ । त्यसको लागि विभागले तय गरेको नियम अब्यबहारिक देखिएको छ  ।

बिभागले सुरु गर्ने भनिएको अनलाईन हाललाई दुई पाङ्रे सवारीको लागि मात्र हुने र दुई पांग्रे बाहेक अन्य सवारीको लागि दिईएको दरखास्त लाइभ सिस्टममा नदेखिने भएको छ।

दुई पांग्रेको आवेदन पनि दिनमा ५०० मात्र लिने बिभागको तयारी छ । जबकी बिभागले लाइन बस्दाको समय दैनिक ८ सयसम्म आवेदन लिने गरेको थियो । अर्थात् अनलाइन प्रणालीमा झन् थोरै आवेदन लिइने भएको छ । 

त्यस्तै बिभागले बागमती अंचलको एकान्तकुनाको लागि मात्र आवेदन दिन सकिने र अन्य स्थानको लागि दिईएको आवेदन लाइभ सिस्टममा नदेखिने जनाएको  छ । साथै सिस्टमले तोकेको दिन कार्यालयमा उपस्थित हुन् नसके निवेदन स्वत खारेज हुने बिभागले जनाएको छ । 

बिभागले ढिलै भएपनि अनलाइन सेवा सुरु गरेको भएपनि बिभागको नियम अब्यबहारिक हुँदा सेवाग्राहीले अहिलेकै अवस्थामा खासै सुबिधा नपाउने निश्चित जस्तै भएको छ । 

यो पनि : अब लाइसेन्सका लागि लाइन बस्न नपर्ने, सोमबारदेखि अनलाइन बाट हुनेछ सबै काम  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved