दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको अफर: ६० मिनेटमै मोबाइल मर्मत, खरिदमा ५० प्रतिशतसम्म छुट 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 03:31:50 PM मा प्रकाशित

laxmi  sunrise bank

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा क्रिशमस र नयाँ बर्षको अबसर पार्दै मोबाइल मेला सुरु भएको छ । नयाँ बर्षको अबसर पार्दै सिटिभी मोबाइल, द वल्र्डभिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रुपमा मोबाइल मेला आयोजना गरेका हुन् । 

मोबाइल मेलामा मेला अबधीभर सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री बितरण तथा १ घण्टामा मोबाइल मर्मत गरिने मोबाइल मेलाका संयोजक तथा एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

मेलामा एप्पल वल्र्ड मोबाइल र सिटिभी केयरले संयुक्त रुपमा १ घण्टे मोबाइल केयर सेवा पनि संचालनमा ल्याएका छन् । यसैगरि मेला अबधीभरमा जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरि अर्को मोबाइल लिन सकिने ब्यबस्था गरिएको छ ।

१ हजार २ सय देखि १ लाख ३० हजार सम्मका नेपालमा उपलब्ध ब्राण्डका मोबाइल सेट पाइने यो मेलामा एशोसरिजमा ५० प्रतिशत सम्म छुट दिइने संयोजक ग्लाइडरले जानकारी दिए । क्रिशमसको दिनबाट सुरु भएको यो मेला १५ दिनसम्म रहने र अन्य बजारमा भन्दा सस्तोमा मोबाइल पाइने दाबी वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राइले गरे । यो मोबाइल मेलालाई एक दर्जन बढी मोबाइल कम्पनीहरुले साथ दिएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved