सिंहदरबारमा दिउँसै चोरी, शाखा अधिकृतको कार्यकक्षबाट ल्यापटप गायब 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 02:53:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मूलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारको सुरक्षा ब्यबस्था कडा हुन्छ । त्यहाँ जो सुकै प्रबेश गर्न पाउदैन । प्रवेश गर्नेहरुको सबैको प्रहरीले परिचय पत्र चेक गरेर मात्र पठाऊछ । त्यस्तो सुरक्षा घेराभित्र चोरी भएको भन्दा अचम्म लाग्न सक्छ । 

तर त्यहि सिंहदरबारमा दिउँसै चोरी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी शाखा अधिकृतले आफ्नो कार्य कक्षबाट ल्यापटप चोरी भएको भन्दै सुरक्षामा खटिएका प्रहरी समक्ष उजुरी दिएकी छिन् ।   

उजुरीपछि सिंहदरबारबाट बाहिरिनेहरुलाई कडा चेक जांच थालिएको छ। ल्यापटप बोकेकाहरुलाई प्रहरीले ल्यापटप झिक्न लगाएर नै छेक जांच थालेको छ ।  

सिंहदरबारभित्र चोरीको घटना भएको यो पहिलो पटक बहने होइन । पाँच महिना अघि स्थानीय विकास मन्त्रालयबाट एक लाख नगद सहित आइफोन ल्यापटक लगायतका सामाग्री चोरी भएको उजुरी परेको थियो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved