करोडौं रकम ठगेर फरार घरजग्गा व्यवसायी बस्नेत पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 01:02:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वसाधारणको करोडौं रकम ठगेर लामो समयदेखि फरार घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ परेका छन् ।  उनलाई अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले  गएराति काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

उनी भारतमा बस्दै आएको भएपनि केहि समय अघि उनी नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । अदालतले उनलाई २ वर्ष कैदको समेत सजाय सुनाएको थियो । उनलाई अहिले काठमाडौं जिल्ला अदालतमा लगिएको छ ।

उनले विभिन्न बैंक, सहकारी,  सर्वसाधारण र व्यवसायीलाई  ५  अर्ब रुपियाँ भन्दा बढी चुक्ता गर्न बाँकी रहेकाे ठानिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved