काठमाडौँ महानगरपालिकामा एक हजार घरधनीको नियम विपरीत घर 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 02:36:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकामा निर्माण भएका करिब एक हजार घरधनीले नियम विपरीत घर निर्माण भएको जनाउँदै निवेदन दिएका छन् । नियम विपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म करिब एक हजार घरधनीले निवेदन दिएको कामपा, राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । कामपाले एक महिनाअघि ३५ वटै वडामा नियम विपरीत निर्माण भएका घरलाई निवेदन दिनका लागि सूचना दिएको थियो ।

नक्सा पास नभएको तर नियम विपरीत निर्माण भएको घरका लागि नक्सा पास गराउन, नक्सा पास भएर पनि सोही अनुरुप निर्माण नभएकाको तथ्याङ्क राख्न र कति नक्साअनुसार निर्माण भएका छन् भन्ने कुराको जानकारी राख्नका लागि कामपाले यस्तो अभियान ल्याएको प्रमुख काफ्लेको भनाइ छ ।

यही पुस मसान्तसम्म घरधनीले कामपामा निवेदन पेस गर्न पाउनेछन् । निवेदनसँगै नागरिकले करको लालपुर्जा, कर बुझाइएको बिल तथा घरबहालमा दिएको भए त्यसको कागजपत्रसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सहरी विकास विभाग प्रमुख इन्जिनियर राम थापाले डिल्लीबजार, बागबजार र घट्टेकुलो क्षेत्रबाट निवेदन आए पनि असन, भोटाहिटी र कान्तिपथ क्षेत्रमा बढी घर नियम विपरीतको भएको बताए । यस्तो तथ्याङ्कले भत्काउनुपर्ने घरलाई भत्काउन र आवश्यकता परे कानुनको तर्जुमा गर्नसमेत सहयोग पुग्ने कामपाले जनाएको छ ।

सामान्य नियम उल्लङ्घन गरेका बाहेक सार्वजनिक स्थानमा निर्माण भएका र छिमेकीलाई असर पुग्ने गरी बनेका घर तथ्याङ्कका आधारमा कामपाले भत्काउनेछ । कामपाले ३५ वटै वडामा निर्माण भएका घरमध्ये ८० प्रतिशत नियम विपरीत निर्माण भएको हुन सक्ने अनुमान गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved