कपिलवस्तु भन्सारमा भारतीय सीमाबाट गोली प्रहार, दुई सशस्त्र प्रहरी घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 03:14:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कपिलवस्तु भन्सारमा भारतीय सीमाबाट नेपाल तर्फको भू भागमा गोली प्रहार भएको छ  । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झण्डिनगरमा नेपाल प्रहरीका दुई हवल्दारमाथि गोली प्रहार भएको हो ।

गोली लागेर कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका छन् ।  पुनको दाहिने पाखुरा र श्रेष्ठको हातमा गोली लागेको छ । भारतीय सीमा तर्फबाट गोली प्रहर भएको र तीन राउण्ड फायरको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

तस्करहरुले गोली प्रहार गरेको प्रहरीको अनुमान छ  । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved