शिक्षित विद्यार्थीहरूमा ‘पढ्न–लेख्न मात्रै जान्ने, अरु नजान्ने’ विडम्बना छ : प्रधानमन्त्री प्रचण्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 04:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षित विद्यार्थीहरूमा ‘पढ्न–लेख्न मात्रै जान्ने, अरु नजान्ने’ विडम्बना रहेको बताएका छन्  । त्रिभूवन विश्वविद्यालयको बयालिसौं दीक्षान्त समारोहमा बोल्दै बिश्वबिद्यालयका कुलपति समेत रहेका प्रचण्डले  शिक्षित विद्यार्थीहरू ‘पढ्न–लेख्न मात्रै जान्ने, अरु नजान्ने’ विडम्बना रहेकाले त्यसलाई चिर्दै सक्षम तथा सीपयुक्त जनशक्ति तयार गर्नु आज त्रिविको समेत चुनौती भएको बताएका हुन्।

पढ्नुस प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ । 

प्रमूख अतिथि बरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीज्यू,
सहकुलपति एवं माननीय शिक्षा मन्त्रीज्यू,
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा सम्पूर्ण पदाधिकारीज्यूहरू,
आमन्त्रित विशिष्ट अतिथिज्यूहरू,
त्रिवि सभाका विद्वान् सदस्यहरू,
प्राध्यापक तथा विद्यार्थीहरू !

बयालिसौँ दीक्षान्त समारोहमा सहभागी सबैमा म सर्वप्रथम हार्दिक अभिवादन गर्दछु । विश्वविद्यालयको विभिन्न विषय र तहमा गरी दीक्षित हुनुहुने ९,७३४ उपस्थित विद्यार्थीहरूलाई हार्दिक बधाई सहित सुखद् भविष्यको कामना गर्दछु ।

उच्च शिक्षाका लागि कुनै आधार नभएको समयमा आजभन्दा ५७ वर्ष पहिले त्रिभूवन विश्वविद्यालय स्थापना भएको थियो । मुलूकको पहिलो तथा लामो समयसम्म एक मात्र विश्वविद्यालयको रुपमा क्रियाशील यस विश्वविद्यालयले उच्च शिक्षाको क्षेत्रमा पु¥याएको असाधारण योगदानको म स्मरण गर्न चाहन्छु । यस अभियानमा योगदान गर्नुहुने सम्पूर्ण प्राध्यापक तथा विश्वविद्यालयको नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दछु ।

देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न, कला, संस्कृति र परम्पराको संरक्षण गर्न, ज्ञान, विज्ञान तथा प्रविधिका क्षेत्रमा सामयिक अध्ययन–अनुसन्धानमा संलग्न रहने जस्तो घोषित उद्देश्य पूरा गर्न यस विश्वविद्यालयले खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।

म आपूm मात्रै हैन, मभन्दा पछिल्लो पुस्ताका अधिकांश राजनीतिक–सामाजिक अभियान्ताहरू त्रिभुवन विश्वविद्यालयका उत्पादन हुन् । आधा शताब्दीभन्दा लामो इतिहास बोकेको मुलुककै अग्रणी विश्वविद्यालयको बयालिसौँ दीक्षान्त समारोहमा कुलपतिको हैसियतमा संलग्न हुन पाउँदा मैले गर्वको महसुस गरेको छु ।

म ठान्दछु, शिक्षा जीवनका लागि हुनुपर्छ, समाजको लागि हुनुपर्छ । शिक्षा सबैको लागि हुनुपर्छ, मानवताको लागि र राष्ट्र सेवामा उपयोगी हुनुपर्छ । त्यसै भएर कतिपय विकसित समाजमा आधारभूत शिक्षा निःशुल्क मात्र हैन, विश्वविद्यालय शिक्षा पनि सुलभ छ । विद्यार्थीले सिकेका ज्ञान सिर्जनात्मक ढंगले प्रयोग गर्छन्, राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गरिदिन्छ । आर्थिक हैसियत भएकाहरूको मात्रै उच्च शिक्षामा पहुँच हुने विद्यमान असमान विश्व–व्यवस्थामा, समाजमा, आय भएका÷नभएका वा उच्च आय भएका वा न्यून आय भएका अधिकांशलाई विश्वविद्यालय शिक्षाको अवसर प्राप्त छ ।

एक मात्र विश्वविद्यालयको रुपमा अढाई दशकभन्दा बढी समय क्रियाशील रहेको त्रिभूवन विश्वविद्यालयले न्यून आय भएकाहरूलाई अध्ययनको मौका दिँदै आयो । बहुविश्वविद्यालय अवधारणा अन्तर्गत अन्य विश्वविद्यालय स्थापनापछि पनि त्रिविले आफ्नो यो परम्परालाई निरन्तरता दिँदै आएको छ । यो सुखद् पक्ष हो । विश्वविद्यालय डिग्री हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई प्रतिस्पर्धी विश्व समाजमा अब्बल प्रमाणित गर्नु यसका सामु रहेका चुनौती हुन् भन्ने म ठान्दछु ।

हाम्रो संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । अर्को शब्दमा भन्नुपर्दा शिक्षा र रोजगारी बीचको अन्योन्याश्रित सम्बन्धलाई संविधानमा लिपिवद्ध गरिएको छ ।

अहिले नेपालीहरू विश्वका अधिकांश मुलूकहरूमा आफ्नो श्रम खर्चिरहेका छन् । मिहेनत र इमान्दारितामा अब्बल नेपालीलाई सीप र दक्षतामा समेत सर्वश्रेष्ठ तुल्याउन निःसन्देह विश्वविद्यालयको भूमिका हुन्छ । यसर्थ, शिक्षित विद्यार्थीहरू ‘पढ्न–लेख्न मात्रै जान्ने, अरु नजान्ने’ विडम्बनालाई चिर्दै सक्षम तथा सीपयुक्त जनशक्ति तयार गर्नु आज त्रिविको समेत चुनौती हो भन्ने म ठान्दछु ।

यस बयालिसौँ दीक्षान्त समारोहमा उपस्थित एवं अनुपस्थित मिति २०७२ साल जेठ १८ (June 1, 2015) देखि २०७३ साल असार १ (June 15, 2016) सम्म तह पार गर्ने स्नातक, स्नातकोत्तर, एम.फिल. तथा विद्यावारिधि उपाधि हासिल गर्न सफल हुनुभएका कुल ८३,४२५ विद्यार्थीहरूलाई पुनः एकपटक हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरू सबैका लागि आजको दिनको विशेष महत्त्व छ । देश र जनताको सेवा गर्न सुशिक्षित र सुयोग्य नागरिक बन्ने तपाईंहरूको सपना आज साकार भएको छ र तपाईंहरूले आफ्ना अभिभावकहरूको सपना पनि आज पूरा गर्नुभएको छ । सङ्कटपूर्ण यो अवस्थामा तपाईंहरूले आर्जन गर्नुभएको शिक्षा र ज्ञान समाजका लागि उपयोगी बनोस्, उज्ज्वल भविष्यको लागि सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अन्त्यमा, आपूm को हुँ भन्ने नबिर्सौं र आफ्नो कर्तव्य सम्झौँ भन्ने आदर्श वाक्यलाई आत्मसात गर्नेतर्पm प्रेरित भई त्रिभूवन विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको माध्यमद्वारा सक्षम जनशक्ति तयार पार्ने कार्यमा निखार ल्याई विश्वमा अगुवा बन्ने सफलता मिलोस् । यस गरिमामय समारोहलाई सम्बोधन गर्ने अवसर दिएकोमा विश्वविद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद !

२०७३ पौष १४ बिहीबार
(२९ डिसेम्बर २०१६)
पुल्चोक, ललितपुर

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved