'सर्त सहित' एनसीसी बैंकको मर्जरमा कम्पनी रजिष्ट्रार कार्यालयको स्वीकृति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 06:36:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक सहितका ४ वित्तीय संस्थाको मर्जर प्रक्रियालाई कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएको छ। राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम  स्वीकृत पाई कम्पनी रजिष्ट्रारमा पुगेको मर्जर प्रक्रियालाई बिहीबार स्वीकृति दिइएको कम्पनी रजिष्ट्रारले जनाएको छ। 

यस अघि घटेको यस्तै प्रकारको बिषयलाई नजिर बनाउदै अदालतको अन्तिम फैसलालाई मान्ने गरि अघि बढ्ने सहमति सहित मर्जर प्रस्ताबलाई स्वीकृति दिएको कम्पनी रजिष्ट्रारको कार्यालय रजिष्ट्रार प्रेम कुमार श्रेष्ठले बिजपाटीलाई जानकारी दिएका छन। '५ वटै कम्पनीले राष्ट्र बैंकको सहमति सहितको एउटै प्रबन्ध पत्र पेश गरेकाले पनि स्वीकृति दिइएको हो' उनले भने।

एनसीसी सहित सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकले मङ्सिर १९ मा राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए। 

मर्जरपछी बन्ने एनसीसी बैंकमा एनबि समूहको स्टक कम रहने भएको छ। मर्जरपछि बन्ने बैंकको नाम एनसीसी नै रहनेछ भने बैंकको लोगो परिवर्तन हुने छ। त्यस्तै संचालक समितिमा एनसीसी बैंकबाट ४ जना, चारवटा विकास बैंकबाट एक/एक जना र एक जना विज्ञ सञ्चालक नियुक्त हुनेछन।   

एनसीसी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफा सामान्य सुधार गरेको छ।  यस अवधिमा बैंकले १२ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको यस अवाधिसंगको तुलनामा मात्र १९ लाख रुपैयाँले बढी हो। मर्जरसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब हाराहारी पुग्नेछ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved