टिस्टुंगमा शैक्षिक महोत्सव, पहिलो दिन नै ५ रोपनी जग्गा दान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2016 | 03:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी मकवानपुरको थाहानगरस्थित बज्रवाराही उच्च माविमा शैक्षिक तथा धार्मिक महोत्सव आजदेखि सुरु भएको छ । आज एक समारोहका बीच सभासद सुवासचन्द्र ठकुरीले महोत्सबको उद्घाटन गर्नुभयो । 

यस अघि कलश यात्रा गरिएको थियो । बज्रबाराही उच्च माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउने र उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । 

२२ गतेसम्म चल्ने महोत्सबबाट ५ करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको मूल ब्यबस्थापन समितिका महासचिब तथा बिद्यालयक प्राचार्य बिष्णु गिरीले जानकारी दिनुभयो ।

आयोजक टोलिका सदस्य, भूपू विद्यार्थीहरु, अध्ययनरत विद्यार्थीहरु, अविभावक तथा नेपाली सेनाको संयुक्त पहलमा यज्ञका मण्डप र टेन्टहरु स्थापना गरिएको छ भने विभिन्न स्थानमा स्वागतद्धार समेत निर्माण गरिएको छ ।

महोत्सवभर सहश्र शालिकग्राम पुजा अर्चना, विराट धनधान्ने महापर्व, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, योग शिविर क्रियाकलाप गरिने आयोजकले जनाएको छ । त्यसैगरी कलशयात्रा, तुलादान, चौरासी पुजा, व्रतवन्ध, ग्रहशान्ति, लाखबत्ती बाल्ने, राष्ट्रिय कलाकारबाट संगीतमय भजन कीर्तन, विभिन्न धार्मिक सप्रदायका धर्म गुरुहरुको प्रवचन, धार्मिक पुजा सामाग्री, पुस्तक एवम् शैक्षिक प्रदर्शनी क्रियाकलाप महोत्सवमा समेटिने छ ।

महोत्सवभर प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था, शुद्ध खानेपानीको व्यवस्था, सवारी साधनको लागि सुरक्षित पार्किङको व्यवस्था समेत मिलाईएको छ । महोत्सवमा गोविन्दशरण महाराजजी तथा मीरादेवीबाट कथा वाचन हुनेछ । महोत्सवको पहिलो दिन स्थानीय इश्वर बिडारीले ५ रोपनी जग्गा दान गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved