किन संकटमा पर्दै छ नगदेबाली? के हुन् प्राबिधिक र नीतिगत कमजोरीहरु ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2016 | 12:00:16 PM मा प्रकाशित

laxmi  sunrise bank

देश बिदेशमा रहेका धेरै सामाजिक संजाल प्रयोगकर्ताहरु नेपालको बिकासको गति तथा अवस्था देखेर चिन्तित छन । एक आपसमा कतिपय राजनीतिक बिषयमा मतभेद प्रकट गर्ने गरेता पनि प्राय युवाहरुले देशको घट्दो स्तरमा रहेको भौतिक पूर्वाधारको बिकासको बारेमा एकमत नै छन् ।  त्यहि बिषयको बहस, छलफल गरेर एउटा साझा धारणा बनाउने क्रममा हामीले 'इश्वरसंग विकासका कुरा' स्तम्भ सुरु गरेका छौ ।

इश्वर अर्याल आफै सामाजिक अभियन्ता हुन् । उनी आफुले संचालन गरेको फेसबुक स्तम्भमा हरेक हप्ता नयाँ नयाँ बिकासका मुद्दाहरुमा छलफल गर्छन र गराउछन् । देशको भौतिक पूर्वाधार विकास तथा विकासमा जोडिएका राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षा सम्बन्धी बिषयहरु बिषयबिद्वहरुको मात्र छलफल बन्दै आईरहेकोमा सामाजिक संजालबाट जनस्तरमै यस किसिमको शुरुवात हुनु खुसीको कुरा हो । प्रस्तुत स्तम्भ देश बिदेशमा रहेका नेपालीहरुसंग बिकासको बारेमा गरिएको गहन बहस र छलफलपछिको एउटा साझा धारणा हो । 

गत हप्ता हामिले रेमिट्यान्सको सदुपयोगको बारेमा छलफल गरेका थियौं । यस हप्ता हामीले कृषि तथा नगदेवालीको बिषयमा छलफल गरेका छौ । हेरौ यसै बिषयमा देश बिदेशबाट नेपालीहरुबाट यस बिषयमा आएका प्रतिक्रियाहरु: 

प्रस्तुत छ 'ईश्वरसंग विकासका कुरा' स्तम्भको  भाग-३

"नेपालमा कृषिको प्रचुर सम्भावना भएपनी कृषि आयातले देश धान्नु परिरहेको छ । केहि दशक अघिसम्म नेपालले खाद्यान्न निर्यात गर्ने गर्थ्यो भन्ने इतिहास मात्र किताबका पानाहरुमा पढ्न पाइन्छ । उखु, चिया, अलैची, केरा, सुन्तला जस्ता उत्पादहनरु हामिले गर्ने पनि गर्छौं तर बजारको अभाव होस, या सिन्डिकेटको कारणले कृषकहरु घाटामा गैरहेको अवस्था छ । बरु यस्ता कृषिजन्य उत्पादनमा लागेर पहिला आफ्नै देशको आवश्यकता परिपुर्ति गर्ने र त्यसपछि निर्यात गरेर समग्र देशको ब्यापार घाटालाई सन्तुलनमा ल्याउने नीति तर्जुमा गरेर काम गर्नुको साट्टो हाम्रो ठुलो जनशक्ती रेमिट उत्पादनको लागी बाहिरिएको छ र रेमिट बढेसंगै हाम्रो आयात बढेको छ यसले ठुलो परिणाममा देशको मुद्रा बाहिरिनुको साथै हामिलाई परनिर्भर बनाइरहेको अवस्थामा हामिले कृषिमा नगदेबालीहरुको बिकास कसरी गर्न सक्छौं ? यसका प्राबिधिक र नीतिगत कमजोरीहरु केके हुन अनि यसमा एउटा व्यक्ति र राज्यको भुमिका के हुनुपर्ला ? " भन्ने बिषयमा बहस गरेका छौ । 

निश्चल नबिन - द. कोरिया

राज्यको निति नियम र ब्यबस्थापन सबै ठाउँमा सबै भन्दा महत्वपूर्ण हुन्छ।  राज्यले नै कृषि ब्यवसाय लाइ प्रोत्साहन गर्न र बजार ब्यवस्थापन गर्न भूमिका खेल्न सक्नु पर्छ । जस्तो की अझ धेरै अनुदान, सहूलियत ऋण दिने । कर छूट गर्ने, तथा कृषि भण्डार हरुको निर्माण गर्ने ।

अब कुरा आउछ ब्यक्तिको, हाम्रो नेपालमा काम प्रतीको सम्मान मुख्य समस्या हो । त्यसमा पनि कृषिलाइ त अझ क्वै गर्नै नसक्नेले गर्ने काम भनेर सोचिन्छ । र कृषकहरुलाइ हेर्ने दृष्टिकोण नै गवार,अनपढ़ गरीव यस्तै हुन्छन् । यसलाई बदल्नु जरुरी छ, युवाहरूले नै ब्यापक रुपमा कृषि क्षेत्रमा लगानी गरेर कृषिलाइ ब्यबशायको रुपमा परिचित गराउनु आवश्यक छ, यसको लागि सबै भन्दा पहिले आवश्यक पर्छ काम प्रतीको सम्मान र काम प्रतीकों लगाव । एउटा ठुलो सञ्जाल बनाएर पूरक तथा प्रतिस्थापक उत्पादनहरुको ब्यबस्थापन गर्न सकिन्छ । 

मुख्य कुरा चै हाम्रो मानशिकता र सरकारी नितिमा ब्यापक सुधार जरुरी छ ।  र अन्त्यमा मेहनत सफलताको मुख्य सूत्र रैछ  ।

 

चेतनाथ निरौला - काठमाडौं

 

पहिलो कुरा ७५ जिल्लाकै किसानहरुको समस्या पहिचान गर्नुपर्छ र समाधानको अल्पकालीन दीर्घकालीन उपाय किसानकै सुझाव र सरकारको बिबेक प्रयोग गर्दै सरकारले खोज्नुपर्छ । प्रत्येक जिल्लामा सरकारी लगानीमा आबस्यकता अनुसार  उत्पादन गरिएका बाली भन्डारण  गर्न गोदामको ब्यबस्था सरकारले गरिदिनु पर्छ, जसको कारण उत्पादित बाली होल्ड गर्न नसकेर बिचौलिया लाई सस्तोमा बेच्नुपर्ने समस्याको समाधान हुन्छ।

किसानलाइ मल ,बीउ,तालिम आदिको ब्यबस्था चाहे अनुरुप दिन सक्ने  गरि कृषि रिण, अनुदान ,पुरस्कार आदिको ब्यवस्थापन गर्न सक्नु पर्छ। हाइड्रोपावर निर्माण गर्दा कृषि क्षेत्रको पनि बिकासलाइ मध्यनजर गर्दै सिचाइको लागि ड्यामवाला आयोजना निर्माण गर्न पहल गर्नुपर्छ। कृषि सग जोडिन चाहने युवाहरूलाई सम्पुर्ण जानकारी सहज ढङले उपलब्ध गराउन सक्नुपर्छ र प्रसासनिक प्रक्रिया लाई अत्यन्त छोटो र बिना झन्झटिलो बनाइ कृषि मा लाग्न प्रेरित गर्न सक्नुपर्छ ।

 

बिकाश अधिकारी - युएई

कृषिको उत्पादक शक्ति (किसान) ,उत्पादन साधन(जमीन ,सिचाइ ,औजार, प्रबिधि ,मल बीउ इत्यादि ) र उत्पादन प्रणाली र तिनको अंतर्विरोधहरुको पहिचान र समाधान कृषि क्षेत्रको बिकासमा आबश्यक छ।जमिनको असमान बितरण,जमीन खण्डिकरण ,सहुलियत कर्जाको अभाव, कृषि पेशाप्रती समाजको हेय दृष्टि, श्रम पलायन, कृषिको अतिरिक्त उत्पादन र रेमिटान्स अन्य क्षेत्रमा खर्च गरिनु, आदि समस्याहरुको कारण यथोचित बिकाश हुन सकेको छैन । 

-नेपालको खेतीयोग्य जमीनको अत्यधिक हिस्सा ओगटेको तराइ जहाँ जमिनको असमान बितरणले बढी  किसानसित जमिन अभाव र परिश्रम नगर्ने थोरै शीत अत्यधिक जमिन केन्द्रित रहनुले उत्पादनमा असर गरेको छ।राज्यले यो भुमि सुधार र अन्य नीति र योजना मार्फत जमिनलाई उत्पादनशिल बनाउन प्रभावकारी भुमिका खेल्नु पर्दछ।

-राज्यले सडक संजाल ,भनडारण,र बजार ब्यबस्था गरि बजारसित कृषकको पहुँच बढाउन पर्दछ।

-कृषि उत्पादनसंग जोडिएको घरेलुु तथा साना उधोग बिकास गरिनु पर्छ जसले कृषि क्षेत्रको श्रमशाक्तिलाइ रोजगारी र निर्बाहमुखी बाट ब्याबसाहिक बनाउन सहयोग गर्दछ।

-भुमिहिन किसान,मध्यम किसान र धनी किसानका  समस्यालाइ समाधान गरि उपयुुक्त नीति र योजनासहित किसानलाइ उत्साहित बनाउन पर्दछ।

- सहुलियत कृषि कर्जा,आधुनिक प्रबिधी,तालिम जस्ता विभिन्न कृषि बिकास सम्बन्धि कार्यक्रमहरु चलाउन पर्दछ।

-सिचाइ र उर्जाको बिकासमा भएको नेपालको जलसम्पदामाथिको भारतिय हस्तक्षेप बन्द गरिनु पर्छ।

 

श्रीराम गौतम - युएई

देश कृषिप्रधान तर खाद्यान्‍न आयात चाँहि बाहिरबाट हुनु दुर्भाग्य हो । मुख्य कुरा हामीकहाँ माटोको परिक्षण सरकारी तबरबाट उचित मात्रामा हुनसकेको छैन, जुन माटोमा गहूँ प्रचुर मात्रामा फल्नेगर्छ त्यहाँ हामी कफी लगाएका हुन्छौँ, जहाँतहीँ उल्टो खेती हुनु नै कृषिमा फड्को मार्न नसक्नु पहिलो कारण हो भने कृषिका अत्याबस्यक सामग्री (औजार, बीउ, मललगाएत विविध) उपलब्ध हुननसक्नु अर्को मुख्य कारण हो । अनि गाउँगाउँमा खेतबारी बाँझो राखेरै भएपनि शहरमा बसाई केन्द्रिकृत हुनु चाँहि विदेशमा बस्ने हामीजस्तै युवाको कारणले ग्रामिणक्षेत्रको विकाशलाई धक्का पुग्नु अर्को कारण हो । यी समस्या भए, यसैलाई निर्मूलीकरण गर्नु नै कृषिमा प्रगतिको खुड्किलो उक्लिनु हो । बहसको लागी ईश्वर जीलाई धन्यबाद ! 

 

अभाव शाह ठकुरी - मलेसिया

भनिन्छ कृषिप्रधान देश ! हाे पनि तर राज्यको स्पष्ट नीति बजार व्यवस्थापन देखि यातायातको पहुँच नहुनु उत्पादन गरिएका खाद्यान्न तथा तरकारीको उचित मुल्न कृषकले नपाउनु पहिलाे कारण छ राज्यले युवा जनशक्तीलाई कसरी कृषि केन्द्रित गर्न सकिन्छ भनेर तत्कालीन र दृर्घकालिन याेजना ल्याउन जरुरी छ भने मल,बीउ बिजन देखि सिँचाइकाे व्यवस्थापन गर्नु  ।चाहे जुनसुकै क्षेत्र किन नहाेस् राज्यको स्पष्ट नीति नहुन्जेल अाम नागरिकलाई काम गर्न सहज नहुने प्रष्ट छ ।उदाहरण मेराे गाउँ दैलेख हरियाे सागपात,फलफूल केरा,अाँप,नास्पत्ती,मेवा देखि अारुवख्रा   प्रशस्त उत्पादन हुन्छ यातायातको पहुँच र नजिकै बजार छैन त्याे सबै गाउँमा नै सडेर जान्छ यदि बजार बाेकेर लाने हाे भने भरियाकाे जेला  र अाफ्नाे सामान बेचेर अाएकाे रकम बराबर अनि नाफा कता र कति कमाउने ? खाेरिया छाेडेर काेरिया धाउनुपर्ने कारण बन्छ । 

 

गोकर्ण भेटुवाल - काठमाडौं 

भनिन्छ नेपाल  एक कृषि प्रधान देश हाे तापनि यहाँ अन्यदेशबाट आयात धेरै र निर्यात कम छ,जसकाे कारण हामी कृषि त गर्छाैं तर परम्परागत गर्छाै जसकाे कारण उत्पादन कम हुन्छ र अन्यदेशबाट आयात गर्नु पर्छ,हामी ट्याकटरले जाेतनु हुदैन र गाेरुले जाेतनु पर्छ भन्ने विचारधारा भएका छाै गाेरुले जाेतेमा कम र गहिराे खन्छ,ट्याक्टरले जाेतेमा धेरै खन्छ गहिराे खन्दैन यसैकाे कारणले हामीले कृषिलनई पुर्ण आधुनिकि गरण गरेर उत्पादन मुखी र नाफा मुखी बनाउनु सकिन्छ,त्यसै नेपालमा सिचाइ काे अवस्था पनि त्यति छैन जसमा सरकारकाे ध्यानाकर्षण हुन जरुरी देख्छु र कृषकहरुलाई कृषि पेसाकाे लागि कृण उपलब्ध गराउनु का साथै दक्ष कर्मचारी द्रारा विभिन्न किसिमको कृषि तालिमकाे व्यबस्था गर्ने । 

 

ओम शान्त मगर (प्रकाश)

ब्याबसायिक कृषिको अधिक सम्भाबना भएपनि हामिकहा पुर्खेउलि कृषि प्रणाली नै हाबि छ यसको मुख्य जड् नै युबा जनशक्ति बिदेशीनु हो हामिले द:कोरिया र इजरायल को बैज्ञानिक कृषि प्रणाली कुरा गर्छौ तर हामिकहा हिजो धानका बाला झुल्ने खेत मा आज तिल खेति गरेका छन कारण अर्धबार्षिक खेति हो (तिल ६ मैना खेत हराबरा हुन्छ) अनि पाखो वारि गौचरण भाका  छन सबै कृषि जन्य (नगदे बालि) पनि आयत गर्छौ ३/४ बर्ष पछि को बिदेश बसाई पछि आफ्नै खेतबारी पनि मरुभूमि को बगर जस्तै ठान्छौ तेसैले सोचाइ परिवर्तन गर्नुपर्ने छ अनि हाम्रो युबा पुस्ता ले सम्मान का साथ खेतबारीमा कृषि क्रान्ति गर्दै समृद्ध नेपाल बन्न बेर लाग्दैन । 

मातृका सापकोटा - युएई

प्रचुर सम्भावना ले भएको नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि राज्य को उपेक्षा को कारण धारासायी बनेको छ। प्रभावकारि निती को अभाव दक्ष जनशक्ती को पलायन  आवश्यक कृषी सामग्री को अभाव बजारको अभाव सामाजिक दृस्टिकोण जस्ता कारण ले गर्दा कृषि संकट मा परेको छ। कृषि को बिकाश को लागि राज्य ले उपयुक्त नीति निर्माण गरेर त्यस को प्रभावकारी कर्यान्वयान गरिनु पर्दछ। मातो र समय र मौसम अनुकुल को खेती को लागि कृषक लाई आवस्यक तालिम प्रदान गर्नु पर्दछ। उन्नत बीउ मल तथा कृषि सामाग्री सहज उपलब्धता को लागि सरकार ले भुमिका खेल्न पर्दछ। परम्परागत खेती प्रणाली को आधुनिकिकरण गर्न जरुर छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved