भोलि नेपाली टोपी दिवस, माइतीघरमा भब्य कार्यक्रम हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2016 | 12:36:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सदा झै यो बर्ष पनि जनवरी १ लाई नेपाली टोपी दिवसका रुपमा मनाइने भएको छ । नेपाली पहिचान मेटिएको भन्दै जागरुक युवा अभियान नेपाल नामक युवाहरुको समुहले नेपाली पहिचानका रुपमा नेपाली टोपीलाई प्रवद्र्धन गर्न अभियान थालेको हो । 

बिश्वमा हरेक मुलुकको आ आप्mनो पहिचान झल्किने पहिरण भए पनि नेपालमा गणतन्त्रको आगमनसँगै नेपाली पोशाक नै हटाएको भन्दै अभियानमा आबद्ध युवाहरुले कुनै न कुनै पहिरणलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्नुपर्ने वताएका छन् । विगतमा दौरा सुरुवाल टोपीलाई नेपाली पोशाकका रुपमा लिइन्थ्यो तर तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा यसलाई हटाईएको थियो । दौरा सुरुवाललाई पहाडी समुदायको प्रतिक भन्दै तत्कालिन सरकारले राष्ट्रिय पहिरणको सूचिबाट हटाएको थियो । 
अभियानका अभियन्ताहरुले राष्ट्रिय पोशाक हटाए पनि नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्नुपर्ने वताएका छन् । जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बिश्व समुदायमाझ चिनारीका लागि पनि नेपाली टोपीलाई पहिचानका रुपमा घोषणा गर्नुपर्ने वताए । हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेलामा सबै मुलुकका प्रतिनिधिहरु राष्ट्रिय पोशाकमा सहभागि हुँदा दाहाल एक्लो भिन्न पोशाकमा देखिएको प्रसंग वताउँदै श्रेष्ठ भने “त्यतिबेला धन्न प्रधानमन्त्रीज्यूले टोपी लगाउनु भएको रहेछ र हाम्रो इज्जत जोगियो ।”

अर्का अभियन्ता जनार्जन पौडेलले नेपाली टोपीले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने भएकाले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्नुपर्ने वताए । “नेपाली टोपी भन्नाले क्षेत्री, बाहुन र पहाडी समुदाय मात्रै भनेर आलोचना हुने गरेको छ तर यो गलत मानसिकता हो ।” टोपीको तीन तह देखाउदै पौडेलले भने– “टोपीको माथिल्लो चुच्चोले हिमालको प्रतिनिधत्व गर्छ, त्यसैगरी बीचको भिरालो भागले पहाडको र तलको समथर भागले तराईको प्रतिनिधित्व गर्छ, त्यसैले यो टोपी सबै नेपालीक साझा चिनारी हो ।”

१८ बर्षदेखि आप्mनो नामको पछाडि कालोटोपी झुन्ड्याउदै आएका अर्काे अभियन्ता ज्ञानमणि कालोटोपीले पनि नेपालीको पहिचान नै संकटमा परेकाले आफू यो अभियानमा सरिक भएको टिप्पणी गरे । “नेपाली पोशाक हटायो, अब कमसेकम टोपीलाई भए पनि नेपाली चिनारीको रुपमा घोषणा गरियोस् भन्ने हाम्रो माग हो ।” कालोटोपी, भाडेगाउँले टोपी, ढाकाटोपी अथवा यस्तै आकारप्रकारका सबै समुदायको टोपीलाई नेपाली टोपीका रुपमा लिन सकिने उनको धारणा छ । 

विगत तीन बर्षदेखि हरेक जनवरी १ लाई नेपाली टोपी दिवसका रुपमा मनाउदै आएका छन । सुरुसुरुमा नेपाली टोपी लगाएर खिचिएको फोटो सामाजिक सञ्जालमा राखेर नेपाली टोपी दिवस मनाउदै आए पनि गत बर्षदेखि ¥याली नै आयोजना गरेर दिवस मनाउन थालिएको छ । नेपाली टोपी दिवस मुलुकभित्र मात्र होईन प्रवासी नेपालीहरुले पनि मनाउने गरेका छन् । विशेषतः अमेरिका, साउदी, जापान, थाइल्याण्ड, कतार, मलेसिया, दुबई, अष्ट्रेलिया, फ्रान्स, इजरायल लगायतका मुलुकमा रहेका नेपालीहरुले जनवरी १ लाई नेपाली टोपी दिवसका रुपमा मनाउदै आएका छन् । 

अभियान अन्तर्गत आगामी पुष १७ गते अर्थात जनवरी १ का दिन राजधानीमा प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । त्यसका बिहान ७ बजे माइतीघर मण्डलामा भेला हुन पनि अभियानले आग्रह गरेको छ । कार्यक्रममा सहभागि हुन नसके पनि नेपाली टोपीमा सजिएको फोटो खिचेर फेसबुकमा राख्न पनि अभियानले अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved