आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दुईं नयाँ शाखा संचालनमा ल्याएको छ। लघुवित्तले तनहुँको तुरतुरे र खैरेनीटारमा आफ्नो दुई कार्यालय सञ्चालमा ल्याएको हो।
कम्पनीका संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले तुरतुरे शाखाको उदघाटन गरे भने संस्थाका संचालक प्रदिपकुमार खडकाले खैरेनीटार शाखाको उद्घाटन गरे।
देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयवृद्धि मुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउदै आएको लघुवित्तले घरदैलोमा लघुवित्त सेवा पुर्याउने उद्देश्य लिएको छ।
त्यस्तै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी लघुवित्तले चितवन, धादिङ्, नवलपरासी, सुनसरी, रुपन्देही तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने जनाएको छ। लघुवित्तका विभागिय प्रमुख जीवन खनालले संस्थाले यस अघि तनहुँ जिल्लामा २ वटा शाखा खोलि लघुवित्त सेवा प्रदान गर्दै आएको बताए।