संसद बैठकमा संशोधन प्रस्ताव टेबुल गर्ने कार्यसूची, के छ सत्तापक्षी, बिपक्षी र सभामुखको तयारी 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 11:30:13 AM मा प्रकाशित

laxmi  sunrise bank

१ महिनाभन्दा लामो समयदेखि कार्यसूचीमा प्रबेश गर्न ब्यबस्थापिका संसदको बैठक सोमबारको लागि बोलाईएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा संविधान संशोधन प्रस्ताव टेबुल गर्ने कार्यसुची छ ।  बैठकमा संविधान संशोधन, निर्वाचनसम्वन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठाउने कार्यसूची छ ।

मङ्सिर १४ गते सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेयता संसद बैठक चल्न सकेको छैन  । त्यस पछि बैठक सात पटक अवरुद्ध बएको छ भने  तीन पटक सूचना टासेर स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलहरुले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने बताएका छन् भने सत्तापक्ष भने कसरी भएपनी  संशोधन पारित गर्ने योजनामा छ  । बिपक्षीले जबर्जस्ति गर्न खोजे चुप लागेर नबस्ने बताएको छ । यहि कारण आजको संसद बैठकमा घम्साघम्सी हुने संकेत देखिएको हो ।

सभामुख ओनसरी घर्तिले यस अघि नै १८ गतेको बैठकमा पनि अबरोध जारी रहे पटक पटक बैठक राख्ने बताईसकेकी छिन् । उनले प्रमुख दलका सचेतकहरुलाई आजको बैठकमा आफ्नो दलका शीर्ष नेताहरुलाई उपस्थित गराउन आग्रह गरेकी छन् । 

पहिलो पटक बस्ने बैठक अबरोध भए त्यस बैठक केहि समयको लागि स्थगित गर्ने र त्यस समयमा निरन्तर संसदभित्र छलफल गराएर अर्को बैठक डाक्ने सभामुखको तयारी छ । सहमति र अबरोध जारी रहे बैठक राति अबेरसम्म पनि चल्न सक्छ ।

सहमति   खोज्न कै लागि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिच गोप्य  भेटवार्ता भएको थियो । त्यस बैठक सकारात्मक भएको बताईएको थियो । त्यसैलाई निरन्तरता दिदै अहिले शिर्ष ३ दलका शिर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयक र अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाउने बारेमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।  

सर्बोच्च अदालतमा पनि संविधान संशोधनको बैधताको बिषयमा परेको  रिटमा आज सुनुवाई हुदै छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved