बिपक्षीको अबरोधपछि संसद बैठक स्थगित, अर्को बैठक आजै बस्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 02:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बिपक्षी दलहरुले सोमबार बसेको व्यबस्थापिका संसद्को बैठक पनि अबरोध गरेका छन् । बैठक सुरु हुना साथ एमाले लगायत बिपक्षी दलहरुका सांसदहरुले उठेर विरोध जनाए । सभामुखले पटक पटक बस्न आग्रह गरेपनि नमानेपछि उनले दिउँसो ४ बजेसम्मको लागि बैठक स्थगित घोषणा गरिन । 

यस अवधिमा सभामुखले संसद भवन मै शिर्ष दलहरुको बैठक राखेर सहमतिको प्रयास गर्ने छिन् । सभामुखले यस अघि आज संसद नचले पटक पटक सहमतिको प्रयास गरेर पटक पटक बैठक राख्ने बताएकी थिइन् ।  

यस अघि प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठक  निष्कर्षबिहिन भएको थियो  ।  सिंहदरबारमा आज बिहान बसेको बैठकमा दलहरुले आआफ्नो अडान नछोडेका कारण बैठक निस्कर्षबिहिन भएको हो  ।

 बैठकले सहमति खोज्न बार्तालाई जारी राख्ने सहमति भने गरेको छ  । साथै  सकारात्मक सम्वाद चलिरहेकाले तत्काल नै संशोधनलाई बलपूर्वक टेबल भने नगरिने भएको छ  ।  समसामयिक राजनीतिक विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गरेको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट केपी शर्मा ओली र बामदेव गौतम सहभागी थिए। 

बैठकले संविधान संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयक र अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाउने बारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved