घरको जग हाल्न बाटो खनेर डोजर लैजादै हुनुहुन्छ ? कारबाहीमा परिएला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 02:45:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्प पीडितहरुले अहिले धमाधम नयाँ घर बनाउनको लागि जग हाल्ने काम थालेका छन् । कहिले ढुंगा माटो कै बनाउने सोच बनाएका छन् भने केहिले सिमेन्ट , रड , इट्टा लगायतका सामग्री प्रयोग गरेर बनाउने सोच बनाएर त्यहि अनुरुप निर्माण थालेका छन्  । 

फाइल फोटो 

सडक छेउछाउ जग्गा हुनेको रोजाई भने सडक छेउछाउ नै रहेको छ।  निर्माण सामग्री ओसार्न र जग हाल्नको लागि डोजर लैजान नजिक हुने र निर्माण अवधि भर र पछि पनि सहज हुने भएकाले सडक छेउछाउ रोजाईमा परेको हो । 

तर जग खन्नको लागि डोजर लैजान वा निर्माण सामग्री ओसारपसार गर्न मुख्य सडकबाट बाटो खन्दै हुनु हुन्छ भने सावधान हुनु पर्छ । विभिन्न मुख्य सडकखण्डका दायाँ बायाँसम्म केहि मिटर भाग सडक बिभाग कै छ । यसरी तपाईले सिधै त्यहाँ अर्को बाटो खन्नु हुन्छ भने त्यो नियम बिपरित हुन् जान्छ र तपाई  कारबाहिमा पर्न सक्नु हुन्छ । सडक बिभागका प्रबक्ता दयाकांत झाका भन्छन् 'सडक विभागको अनुमति बिना कसैले दायाँ बायाँ बाटो खन्न पाउदैन , यदि त्यसरी खनिएको रहेछ भने नियम अनुसार कारबाही हुन्छ' । उनका अनुसार कसैले त्यसो गरे सडक बिभागलाई क्षतिपूर्ति समेत तिर्नु पर्ने हुन् सक्छ । 

त्यसो भए कहाँ र कसरी लिने त अनुमति ? 

घर निर्माण गर्दा सडक बिभागसंग पर्ने जग्गामा बाटो खन्नु पर्ने स्थिति आएमा सडक बिभागसंग अनुमति लिनु पर्छ । त्यसको लागि जुन सडक खण्डको बाटो खन्नु पर्ने हो त्यसको क्षेत्रिय कार्यालयमा निबेदन दिनु पर्ने छ  । 

उदाहरणको लागि यदि तपाईलाई बनेपा बर्दिबास सडक खण्डको दायाँ बायाँ बाटो खन्नु परेमा त्यस सडक खण्डको मिनभवनमा रहेको कार्यालयमा कारण खुलाई निवेदन दिनु पर्ने छ  ।

निवेदनमा के के खुलाउने त ? बनेपा-बर्दिबास कार्यालयकि सब ज्योतसना सुबेदीका अनुसार निबेदनमा बाटो खनिन लागेको जग्गाको कित्ता नम्बर, के प्रयोजनको लागि बाटो खन्नु पर्ने हो र कति खन्न लागेको खुलाउनु पर्ने छ  । 

कार्यालयमा निवेदन आईसकेपछि आवश्यकता अनुसार सडक बिभागबाट टोली त्यस स्थलको अवलोकनमा जन सक्छ । यदि सडक खन्दा सडक विभागको स्वामित्वमा रहेको जग्गामा क्षति हुने देखिएमा त्यसको लागि सम्झौता हुनेछ । आवश्यक परेमा धरौटी पनि राख्नु पर्ने हुन् सक्छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved