कारोबार बढी हुनेमा एभरेष्ट बैंक अगाडी, ३ कम्पनीको लगानीकर्ताले 'कुस्त' कमाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 03:49:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिनको कारोबारमा समेत बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि कम भएको छ। आइतबारको कारोबारमा २२ दशमलब ३४ अंकले बढेको बजार सोमबार समेत १७ दशमलब १३ अंकले बढेर १४८२ दशमलब ८५ को उचाईमा पुगेको छ। त्यस्तै १० लाख १७ हजार सेयर खरिद बिक्रिबाट ५१ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ।

सोमबारको कारोबारमा एभरेष्ट बैंकको मात्रै ३ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ भने अन्य बढी कारोबार हुने कम्पनीहरुमा सिटिजन बैंक, बैंक अफ काठमान्डू लुम्बिनी, सिद्दार्थ बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक , मेगा बैंक रहेका छन।

सप्तकोशी डेभलपमेन्ट बैंक, अरुण फाइनान्स, मन्जुश्री फाइनान्सको सेयर मूल्य प्रति कित्ता १० प्रतिशतले बढेर लगानीकर्ताले कमाएका छन। त्यस्तै एनएमबि माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स, कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले समेत सोमबारको कारोबारमा कमाएका छन।

गुमाउनेमा मिथिला लघुवित्त, हाम्रो विकास बैंक, साझा विकास बैंक, भार्गब बिकास बैंक, साना किसान , स्वरोजगार लघुवित्तका लगानीकर्ता रहेका छन।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved