मैनाली बने गिनिज बुकमा नाम लेखाउने पहिलो नेपाली जादुगर (भिडियो सहित)  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 05:24:01 PM मा प्रकाशित

laxmi  sunrise bank

युवा जादुगर सुरज मैनाली जादुको क्षेत्रबाट बहु प्रतिष्ठित गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउने पहिलो नेपाली बनेका छन् । उनले २४ अप्रिल २०१६ मा भारतमा भएको 'सार्क म्याजिक कन्फरेन्स'मा आफ्नो क्षमता देखाउदै गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । उनी सार्क राष्ट्रमा नेपाली जादु कलालाई चिनाउने पहिलो नेपाली समेत बनेका छन्  ।

कन्फरेन्समा 'इन्टरनेशनल ब्रदरहुड अफ म्यजिसियन'को भारतीय शाखा 'इन्डियन ब्रदरहुड अफ म्यजिसियन'ले एक जादु प्रदर्शन गरेको थियो । मैनालीले त्यहि प्रदर्शनमा आफ्नो क्षमता देखाउदै बिश्व रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । 

त्यस जादु शोमा मैनाली सहित १ सय ६२ जनाले जादु प्रदर्शन गरेका थिए ।  सफलतापुर्वक 'जादु शो' सकिएपछि सबै १ सय ६२ जनाले 'एकै जादु प्रदर्शनमा सर्बाधिक जादुगर' शिर्षकमा बिश्व रेकर्ड कायम गरेका हुन् ।  त्यस जादु शोमा सहभागी सबैले विभिन्न जादु प्रदर्शन गरेका थिए  । 

यस अघि यो रेकर्ड इटालीको संस्थाको नाममा थियो जहाँ १ सय ५४ जनाले जादु प्रदर्शन गरेका थिए । 

बिजपाटीसंग कुरा गर्दै मैनालीले जादुको क्षेत्रबाट बिश्व रेकर्डमा नाम लेखाउने पहिलो नेपालीमा बनेकोमा आफुले खुसि महशुस गरेको बताए । उनले भने 'बिगत १० बर्षपछिको लगन र मेहनतपछि सफल भएको छु, गर्व महशुस गरेको छु' ।  उनले नेपालमा जादुगरहरुको संगठन नभएकाले भारतीय संगठनमा गएर जादु देखाउनु परेको गुनासो गरे । 

काभ्रेमा जन्मिएका मैनालीले अब व्यस्त सडकमा आँखामा पट्टि बाधेर मोटरसाइकल कुदाएर आफ्नो क्षमता प्रदर्शन गर्ने सोच बनाएका छन् । उनले देशका जिम्मेवारहरु अझै आँखा बन्द गरेर बसेकाले उनीहरुको आँखा खुलाउन आफुले आँखामा पट्टि बाधेर चक्रपथ परिक्रमा गर्ने बताए  । 

उनले २ पटक नेपालीको शाही परिवारको लागि जादु प्रदर्शन गरी सकेका छन् ।  उनले ज्ञानेन्द्रको नातीको जन्म दिनमा जादु देखाएका थिए जसलाई पारस शाहले पनि हेरेका थिए । उनी लियो क्लब अफ काठमाडौँ कैलाशका सद्भावना दुत समेत हुन् । आफुले विभिन्न दुतावास, ५ तारे होटेल, बिद्यालय गरी एक हजार बढी स्थानमा आफ्नो जादुई क्षमताको प्रदर्शन गरीसकेको मैनाली बताउछन् । 

जादु सिकेर जादुमै रमाउन चाहनेलाई उनी भन्छन् 'जादु पनि नाच, गान र संगीत जस्तै एक कला हो, यसलाई पनि माया गर्नु पर्छ'  । उनी नेपालमा पनि जादुगरहरु छन् भनेर बिश्वलाई चिनाउने अभियानमा सहयोग गर्न सबैसंग आग्रह गर्छन  । 

हेर्नुस उनले बिश्व रेकर्ड कायम गर्न भारतमा गरेको जादु । उनि सहभागी नम्बर २६ थिए । भिडियोमा उनको प्रदर्शन ४३ मिनेट २८ सेकेण्डपछि हेर्न सकिन्छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved