बिमा समितिको अध्यक्ष नियुक्तिमा चलखेल, ब्रिफकेशको भरमा योग्यलाई किनारा लगाइदै 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 06:57:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारले लेनदेनको चलखेल गरेसंगै बिमा समितिको अध्यक्ष नियुक्ति बिबादित बनेको छ। यस अघि बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ड़ा रबिन्द्र घिमिरेलाई अध्यक्ष चयन गर्ने छलफल भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले रुची नदिएका कारण निर्णय हुन सकेको थिएन। 

निर्णय बिहिनताको मौका छोपेर प्रधानमन्त्री दाहालको सल्लाहकर र सचिवालयका पदाधिकारीले बिमा समितिको अध्यक्ष चयनलाई आम्दानीको माध्यम बनाएको खुल्न आएको छ। माओवादी केन्द्र भित्र इमान्दार र कर्त्यब्यनिष्ट मानिएका घिमिरेले ब्रिफकेशमा पद साट्न नचाहेका कारण उक्त पदमा अरुलाई नै ल्याउने तयारीमा दाहालको सल्लाहकार टिम लागि परेको उच्च श्रोतले बिजपाटीलाई बताएको छ। 

पछिल्लो पटक प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार बलदेबको दबाबमा ड़ा घिमिरेको ठाउँमा चिरिन्जीबी चापागाई नियुक्त गर्ने तयारी भएको श्रोतले जनाएको छ। 

माओबादी भएकै कारण ३ बर्ष जेल जिबन बिताएका र बिमा विषयमै पिएचडी गरेका घिमिरे बिमा समितिमा नियुक्तिका लागि योग्य भएपनि ब्रिफकेशको चलखेलका कारण हट्नु पर्ने अवस्था आएको माओबादी केन्द्र बुद्दिजिबी परिषदका एक पदाधिकारीले बिजपाटीलाई बताए। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved