चौतर्फी बिरोधपछि टोपीबारे फेरी बोले बाबुराम 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 10:50:47 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्यापक जन विरोधपछि टोपीलाई एकल जातीय पहिचान भन्दै टोपी दिवसको बिरोध गरेका नेता बाबुराम भट्टराईले आत्मालोचना गरेका छन् । आज सामाजिक संजाल फेसबुकमा नेता भट्टराईले टोपीसंग आफ्नो जन्मजात साइनो रहेको भन्दै टोपी विरोधीका रुपमा चित्रण नगर्न भनेका हुन् ।

 'बाबुराम र टोपीको जन्मजात साइनो छ है ! बाबुरामलाई टोपी विरोधीको रुपमा प्रस्तुत गर्नु तथ्यसंगत, तर्कसंगत, न्यायसंगत हुन्न!' भट्टराईले भनेका छन् ।

उनले भनेका छन् 'सबैलाई आफ्नो वेशभूषाप्रति भावनात्मक लगाव र माया हुन्छ! त्यो मानवीय स्वभाव हो! तर आफ्नो जातीय पोशाकको अतिशयपूर्ण महिमामण्डन गर्ने, त्यसैलाई समग्र राष्ट्रियताको प्रतीक मान्ने गरियो भने एउटा बहुजातीय/बहुभाषिक/बहुसांस्कृतिक मुलुकमा अरू जाति/समुदायमा प्रतिशोधको भावना जन्मन्छ र त्यसले देश र समाजलाई ठुलो नोक्सान गर्न सक्छ।'

उनले अगाडी भनेका छन् 'अर्कोतिर, आजको विकसित वैज्ञानिक र भूमण्डलीकृत युगमा हामीले राष्ट्रियताको बिम्ब पुरानो युगमा झैं पोशाक, भोजन, संस्कृति आदिलाई भन्दा वैज्ञानिक चिन्तन, आर्थिक विकास, आधुनिक प्रविधि र समग्र जनताको सुखसमृद्धिलाई बनाउनुपर्छ।भावनालाई भन्दा विवेकलाई जीवनको मार्गदर्शक बनाउनुपर्छ!'

यस अघि नेता भट्टराईले 'संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज़ ? भन्दै टोपी दिवसको बिरोध गरेका थिए । उनको अभिव्यक्तिको सामाजिक संजालमा चर्को विरोध भएको थियो  । नयाँ शक्ति पार्टी कै नेताले समेत उनलाई अभिव्यक्ति सच्याउन  आग्रह गरेका थिए । 

जागरुक युवा अभियान नेपालले बिगत तीन बर्षदेखि जनवरी १ लाइ नेपाली टोपी दिवसका रुपमा मनाउदै आएका छन् । भट्टराईले टोपी दिवस कै दिन टोपीको धज्जी उडाउदै ट्वीट गरेका थिए  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved