सर्बोच्चको फैसलापछि एमालेले डाक्यो स्थायी कमिटी बैठक, यस्ता छन् बैठकका ६ निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 12:12:42 PM मा प्रकाशित

laxmi  sunrise bank

देशमा विकसित पछिल्लो घटनाक्रमको समिक्षा गर्न आज बसेको नेकपा (एमाले) स्थायी कमिटीको बैठकले विभिन्न ६ निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालकोट भक्तपुरमा बसेको बैठकले पुस २२ गते राजधानीमा हुने ९ राजनीतिक दलको जनप्रदर्शनलाई अझ बढी सशक्त बनाउने लगायतका निर्णय गरेको हो । 

 बैठकले हिजो २०७३ पुस १८ गते सम्मानित सर्वोच्च अदालतले गरेको निर्णयप्रति सम्मान व्यक्त गरेको छ । त्यस्तै प्रदेश सभाको सहमतिबिना प्रदेशको सीमांकन हेरफेर हुन सक्दैन भनी संविधानमा उल्लेखित व्यवस्था र पार्टीको अडानलाई सर्वोच्च अदालतको हिजोको फैसलाले थप पुष्टि गरेको एमालेले ठहर गरेको छ। 


 बैठकले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन र राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारको   ध्यानाकर्षण गराएको छ। 


 विकसित नया“ परिस्थितिका सन्दर्भमा संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेका संघर्षरत ९ राजनीतिक दल लगायत व्यवस्थापिका संसदमा रहेका राजनीतिक दलहरुसहित विभिन्न क्षेत्रका सरोकारवालाहरुस“ग परामर्श गरी भावी कदमको बारेमा निष्कर्षमा पुग्ने निर्णय पनि बैठकले गरेको छ । 


संविधान संशोधन प्रस्तावका विरुद्ध ५ नम्बर प्रदेश लगायत देशभरका जनसमुदायले गरेको विरोध र संघर्षका लागि बैठकले विशेष धन्यवाद दिदै बैठकले   २२ गते राजधानीमा हुने ९ राजनीतिक दलको जनप्रदर्शनलाई अझ बढी सशक्त, प्रभावकारी बनाउ“दै व्यापक जनताको सहभागिता जुटाउन सम्बन्धित सबैलाई आह्वान तथा निर्देशन गरेको छ । 


बैठकले नेपाल राष्ट्र, नेपाली जनताबीचकाको सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो बनाउन तथा संविधानको कार्यान्वयन गर्दै तीनै तहको निर्वाचन सम्पन्न गर्न जनताको एकता प्रदर्शन गर्न आयोजित उक्त प्रदर्शनमा सहभागी हुन राजधानी उपत्यका र विभिन्न जनवर्गीय संगठनको मातहतमा संगठित र क्रियाशील सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र आम जनसमुदायसमक्ष बैठकले हार्दिक आह्वान समेत गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved