संसद बैठक ५ दिनको लागि स्थगित, अर्को बैठक अबरुद्द नहुने सभामुखको बिश्वास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 01:03:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 संसदमा १ महिनादेखि जारी गतिरोध अझै अन्त्य हुन् सकको छैन । आज बस्ने भनिएको संसद बैठक पनि सूचना टाँस गरी ५ दिनको लागि स्थगित गरिएको छ । 

दलहरुले छलफल सकारात्मक भएको र निष्कर्षमा पुग्न अझै केहि समय चाहिने बताएपछि सभामुखले पाँच दिनको लागि बैठक स्थगित गरेकी हुन् । सभामुख ओनसरी घर्तीको आह्वानमा मंगलबार प्रमुख दलका शीर्ष नेताहरुसहितको कार्य व्यवस्था परामर्श समितिको बैठकले सहमति खोज्न पाँच दिनको समय तोकेको हो।  

बिपक्षी सहित दलका नेताहरुले अर्काे बैठक अबरुद्ध नहुने विश्वास दिलाएकोले उनीहरुकै माग बमोजिम बैठक ५ दिनको लागि स्थगित गरिएको सभामुख ओनसरी घर्तिले बताएकी छिन्  ।

संसद्को अर्को बैठक आगामी आइतबार १ बजे बस्ने छ ।   एमालले संविधान संशोधन फिर्ता लिनुपर्ने र चुनाव घोषणा हुनुपर्ने लगायतका माग राख्दै एक महिनादेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । सत्तापक्ष भने सविधान संशोधन गरेर मधेशी दलको माग पुरा गराएर मात्र चुनावमा जानु पर्ने अडानमा छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved