२६ अंकले बजार घट्दा पनि १० प्रतिशतले बढ्यो  २ कम्पनीको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2017 | 03:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिनको कारोबारमा बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको। आइतबार र सोमबारको कारोबारमा नेप्से बढेको भएपनि मंगलबार बजार २६.०३ अंकले घटेर १४५६.८२ को बिन्दुमा रोकिएको छ। १.७६ प्रतिशतले घटेको बजारमा १ सय ३० कम्पनीका ६ लाख ७१ हजार कित्ता शेयर किनबेचबाट ३९ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा एभरेष्ट बैंकको मात्रै  २  करोड ७७  लाख रुपैयाँको कारोबार भएको छ भने अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक, प्राइम कमर्शियल बैंक, नेपाल बंगलादेश बैंक रहेका छन।

सप्तकोशी डेभलपमेन्ट बैंक, अरुण फाइनान्सको सेयर मूल्य प्रति कित्ता १० प्रतिशतले बढेर लगानीकर्ताले कमाएका छन। त्यस्तै  ग्रिन्म डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, एनबी इन्स्योरेन्सका लगानीकर्ताले समेत मंगलबारको कारोबारमा कमाएका छन।

गुमाउनेमा साझा विकास बैंक , महिला सहयात्रा माइक्रो फाइनान्स, युनाइटेड इन्स्योरेन्स, प्रुडेन्शियल इन्स्योरेन्स, कालिका माइक्रो क्रेडिटडेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved