फिदिमको पाँचथरमा नेपाल बंगलादेशको ३९ औ शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2017 | 12:29:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले पाँचथर जिल्लाको फिदिममा नयाँ शाखा संचालनमा ल्याएको छ। एनबि बैंकको ३९ औ शाखाओ रुपमा संचालनमा आएको सो शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, फिदिम उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्ले तथा बैंकका संचालक मुकुन्द नाथ ढुङ्गेल र पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सो शाखाको संयुक्तरुपमा उद्घाटन गरे। 

नयाँ शाखाको उद्घाटनसंगै बैंकले सोहि कार्यक्रममा बैंकको एटिएम पनि सुभारम्भ गरिएको छ। ग्रामिण क्षेत्रमा वित्तिय पहुँच विस्तार गर्ने अभियान अन्तर्गत फिदिममा नयाँ शाखा संचालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताए।

फिदिममा नयाँ शाखा संचालनमा आएसंगै बैंकको शाखा संख्या ३९ पुगेको छ। त्यस्तै २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३७ वटा बुथ रहेका छन् ।

बैंकले चालु आर्थिंक बर्षको पहिलो त्रैमासमा ३९ अर्ब ६० करोड निक्षेप संकलन गरि ३४ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको नाफा भने २२ करोड ५० लाख पुगेको छ ।  
       

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved