विभिन्न स्थानमा ‘रोटेसन बेसिस’मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2017 | 11:48:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२÷६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिए ।

प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो समस्याका कारण चाबहिल, भक्तपुर, बनेपा, पाटन, स्युचाटारलगायतका फिडरसहित अन्य स्थानमा ‘रोटेसन बेसिस’मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने बताए ।

सो समस्याका कारण २० मेगावाट बराबरको विद्युत् आपूर्तिमा समस्या आएकाले प्राधिकरणले क्षमायाचना समेत गरेको र केही समयभित्रै समस्या समाधान हुने समेत उनले जानकारी दिए।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved