चितवनको खैरहनीमा नेपाल बंगलादेश बैंकको नयाँ शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 09:29:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंक लिमिटेड चितवनको खैरहनी नयाँ शाखा संचालन ल्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र  खैरहनी उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणराज श्रेष्ठले ४० औ शाखाको रुपमा संचालनमा ल्याइएको सो शाखा कार्यालयको उद्घाटन गरे। 

त्यस्तै मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलले संयुक्त रुपमा बैंकको एटिएमको उद्घाटन गरे। 

खैरहनी शाखा सहित बैंकको कुल शाखा संख्या ४९ पुगेको छ। हाल बैंकले  ४० शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैकिङ्ग सेवा तथा ३८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै छ । 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकले ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरि ३४ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved