सहज भयो जलविद्युतमा शेयर लगानी, यस्तो छ लाइन नबसी घरबाटै अनलाईन मार्फत लगानी गर्ने प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2017 | 12:46:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  'नेपालको पानी जनताको लगानी' कार्यक्रम सुरु गरेको  छ । उर्जा मन्त्रालयले  जलविद्युत आयोजनाको निर्माणका लागि स्वदेशमै पुँजी संकलन गर्ने उद्देश्यले वेवसाइट सुरु गरेको हो। जलविद्युतमा शेयर लगानी गर्न चाहनेका लागि प्रक्रियामा सहजीकरण गर्न र विभिन्न आयोजनामा सर्बसाधारणको लगानी सुनिश्चित गर्न यो कार्यक्रम सुरु भएको हो । 

 उर्जा मन्त्रालयले हालसम्म गरेका काम र आगामी योजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उर्जा मन्त्री जनार्जन शर्माले ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी निर्माण भएको वेबसाइट उद्घाटन गरेका हुन्  ।  वेबसाइट उद्घाटन गर्दै मन्त्री शर्माले लगानीको सुनिश्चितता भएपछि विभिन्न आयोजनाहरु शुरु गरिने बताए    ।

यस संगै लगानी गर्न इच्छुकहरुले अनलाइनबाटै जलविद्युतका लागि शेयर आवेदन दिन सक्ने छ । यसले विभिन्न झन्झट र लाइन बस्नु पर्ने समयको अन्त्य गरिदिएको छ   ।

यसरी सरकारी तथा निजी बैंक तथा वित्तीय संस्था, कल्याणकारी कोषहरु, रेमिट्यान्टस, सरकारी तथा निजी कर्मचारी, मजदुर तथा किसानहरुले प्रत्यक्ष शेयर लगानी गर्न पाउने छन् । पहिलो चरणमा सरकारले माथिल्लो अरुण,  दूधकोशी,  तमोर,  सुनकोशी ३,  लाङटाङ,  नलसिङगाड,  उत्तरगंगा, नौमुरे र तिला १ आयोजनामा शेयर लगानी  गर्न सक्ने ब्यबस्था गरेको हो । 

कसरी गर्ने लगानी प्रतिबद्दता ?

आयोजनामा लगानी गर्ने प्रतिबद्दता जनाउन सरकारले तयार पारेको वेबसाइट   http://www.moenonline.moen.gov.np/login मा गई एकाउन्ट खोल्नु पर्छ ।  क्रिएट न्यु एकाउन्टमा गएर नयाँ एकाउन्ट खोलेपछि तपाईले निर्देशन अनुसार व्यक्तिगत विवरण भर्नु पर्छ।

आवश्यक सबै विवरण भरेपछि फारम सब्मिट गर्नु पर्छ र आयोजनाको लागत रकम उठ्ने   सुनिश्चिततापछि आयोजना अघि बढाउने बेलामा तपाईलाई सम्पर्क गरेर अभियानमा सहभागी गराईन्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved