जङ्गलमा झुन्डिएको अवस्थामा भेटिए बेपत्ता भएका भूसंरक्षण कार्यालय प्रमुख  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 12:14:12 AM मा प्रकाशित

laxmi  sunrise bank

भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमल गौतम सोमबार साँझ भरतपुर उपमहानगरपालिका–१ रामनगरको जङ्गलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पर्वत जिल्लाको राम्जा देउराली स्थायी घर भएका ४५ वर्षीय गौतम साँझ ७ बजेतिर मृतावस्थामा फेला परेका हुन् ।

रामनगर बजारबाट करिब दुई किमी जङ्गलभित्र उनी भेटिएका थिए । शव आज बिहान परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनी छ दिनअघि विभाग जाने भनी कार्यालयबाट हिँडेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved