दोहोरो अंकले बढ्यो बजार, किन बढ्न सकेन कारोबार रकम ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 02:18:33 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार बजार परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम ३७ करोडमा खुम्चिएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि बढेपनि अपेक्षा अनुरुप बढ्न सकेको छैन । नेप्से १७ दश्मलब ९३  अंकले बढेर १४७६  दशमलब ९० को उचाईमा पुगेको छ। 

होटल सूचक बाहेक अन्य सूचक बढेका छन। बैंक तथा बिमा सूचक बढेपछि नेप्से सूचक बढ्नमा टेवा मिलेको छ। मंगलबार कारोबारमा आएका ५ लाख ८७ हजार कित्ता सेयर खरिद बिक्रिबाट ३७ करोड ३२  लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बढी कारोबार हुनेमा एनबी इन्स्योरेन्स , नेपाल लाइफ इन्स्योरेन्स , प्राइम कमर्शियल बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक रहेका छन। 

मंगलबारको कारोबारमा कमाउनेमा   एनबि इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, नेपाल इन्स्योरेन्सका लगानिकर्ता रहेका छन। त्यस्तै गुमाउनेमा महालक्ष्मी विकास बैक, पुर्णिमा विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त विकास बैंक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन। 

बैंक तथा वित्तीय संस्थाले कर्जा पर्वाह न्यून बनाएकाले र भएको रकम आउंदै गरेको नेपाल लाइफको एफपीओको लागि छुट्याएकाले पनि कारोबार रकम घट्दै गएको बताइएको छ। त्यस्तै यस अघि समता माइक्रोफाइनान्स र सिनर्जी हाइड्रो पावरका आइपीओमा समेत ठुलो करिब होल्ड भएकाले र पुस मसान्त नजिकिदै गर्दा कर तिर्नको लागि रकम जोहो गर्दा समेत बजारमा कारोबार कम भएको बताइएको छ। 

त्यस्तै सानो सानो कित्ता कारोबार गरेर बजार बढाईएको हो कि भन्ने आशंकामा लगानीकर्ता खरिद बिक्रिमा नहौसिदा कारोबार घटेको हुन् सक्छ ।  

त्यस्तै आज संसदमा पारित भएको बाफियाले पनि शेयर बजार सकारात्मक देखिएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved