मर्जर असफल भएपछि  सहयोगी र सहारा बिकास बैंकको सेयर कारोबार सुचारु 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 10:53:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेमा  साहारा बिकास बैंक र सहयोगी बिकास बैंकको सेयर कारोबार सुचारु भएको छ ।जनकपुरधाममा मुख्य कार्यालय रहेको तीनजिल्ले सहयोगी बिकास बैंक र सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको एक जिल्ले सहारा विकास बैंक मर्जरमा जाने सहमति गरेपछि यी दुवै कम्पनीको नेप्सेमा कारोबार रोकिएको थियो । तर मर्जर प्रक्रिया तोडिएपछि शेयर कारोबार आजबाट सुरु भएको नेप्सेले जनाएको छ  । 

सहयोगी बिकास बैंकले २२ प्रतिशत बोनस सेयर र ३५ प्रतिशत हकप्रद सेयर दिएको थियो भने साहारा बिकास बैंकको पुस २९ गते हुँने साधारण सभामा १८ प्रतिशत बोनस र १ सय ५० प्रतिशत हकप्रद सेयरको प्रस्ताव लगिदैछ । 

बोनस पछि सहयोगी बैंकको मूल्य समायोजन गरी ३२४ रुपियाँ कायम गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved