माघ १ देखि लागु हुने आस्वा प्रणालीमा सहभागी हुने बैंकको संख्या २७ पुग्यो (सुचीसहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2017 | 12:53:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि माघ १ देखि (बैंक खातामा सेयर लगानीकर्ताको पैसा रोकेर राख्ने प्रणाली) आस्वा लागु गर्दै छ। माघ १ देखि  २७  बैंकले यो सेवा दिने छन्  ।   

धितोपत्र बोर्डले आस्वा सेवा प्रदान गर्न अहिलेसम्म २७ वटा बैंकलाई स्वीकृति दिएको जनाएको हो । आस्वाको अनुमति पाएका २७ बैंक मध्ये १८ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक छन् ।  

बोर्डले अझै पनि विभिन्न बैंकबाट अनुमतिको लागि निवेदन आउने क्रम जारी रहेकोले ति संस्थाको थप अध्ययन गरी अनुमति दिइने बताएको छ ।

बोर्डले ग बर्गका वित्तीय संस्थालाई पनि यसमा सहभागी गराएर क्रमश यसलाई अनिवार्य बनाउदै लगिने बताएको छ ।

हेर्नुस हालसम्म अनुमति पाएका २७ बैंकहरुको सुची ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved