नेप्से स्थिर, २ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2017 | 02:23:03 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्सेमा सामान्य करेक्सन आएको छ भने अघिल्लो दिनको तुलनाम कारोबार रकम पनि घटेको छ ।  नेप्से  ०.३९   अंकले करेक्सन भएर १४७६.५१ को बिन्दुमा रोकिएको छ। 

इन्स्योरेन्स , हाइड्रो र डेभलपमेन्ट बैंक बाहेक अन्य सूचक बढेका छन। बुधबार कारोबारमा आएका १ सय २० कम्पनीका ४  लाख ५६  हजार कित्ता सेयर खरिद बिक्रिबाट ३६ करोड २५   लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बढी कारोबार हुनेमा नबिल ब्यालेन्स फण्ड १, नेपाल लाइफ इन्स्युरेन्स, एभरेस्ट बैंक, एनएमबी शुलभ इन्भेस्टमेन्ट फण्ड १, प्राइम कमर्शियल बैंक रहेका छन। 

बुधबारको कारोबारमा कमाउनेमा सहयोगी विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स, राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर, हिमालयन जनरल इन्स्योरेन्सका  लगानिकर्ता रहेका छन। सहयोगी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै गुमाउनेमा एनबी इन्स्योरेन्स , रिडी हाइड्रोपावर डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, पुर्णिमा विकास बैंक, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन। 

बैंक तथा वित्तीय संस्थाले कर्जा पर्वाह न्यून बनाएकाले र भएको रकम  नेपाल लाइफको एफपीओको लागि छुट्याएकाले पनि कारोबार रकम घट्दै गएको बताइएको छ। त्यस्तै यस अघि समता माइक्रोफाइनान्स र सिनर्जी हाइड्रो पावरका आइपीओमा समेत ठुलो करिब होल्ड भएकाले र पुस मसान्त नजिकिदै गर्दा कर तिर्नको लागि रकम जोहो गर्दा समेत बजारमा कारोबार कम भएको बताइएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved