पत्रकार महासंघको जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशन आव्हान, हेर्नुस कसको कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 12:59:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ११औं केन्द्रीय समितिको बैठकले  जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशन आव्हान गरेको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले २५औं महाधिवेशन प्रयोजनार्थ जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशन आव्हान गर्ने निर्णय गरेको हो ।

महासंघले जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएट अधिवेशन देहायबमोजिमका आठ चरणमा सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ  । 

जस अनुसार पश्चिम क्षेत्रका जिल्ला शाखाहरुः गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु र  नवलपरासीको अधिबेशन फागुन ३ गते मंगलबार गर्ने तय भएको छ। मुस्ताङ र मनाङमा मौसमका कारण अनुकुलताका आधारमा मिति तय गरिने निर्णय भएको छ  । 

त्यस्तै फागुन ७ गते शनिबार पूर्व क्षेत्रका जिल्ला शाखाहरुः तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, उदयपुर, सिराह र  सप्तरीको अधिबेशन हुने भएको छ । मध्यपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः रुकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत र  दैलेखको हकमा अधिबेशन फागुन १२ गते बिहीबार  आह्वान गरिएको छ  । 


मध्य क्षेत्रका जिल्ला शाखाहरुः रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट र  रसुवाको अधिबेशन  फागुन १७ गते मंगलबारको लागि आह्वान गरिएको छ ।
 फागुन २२ गते आइतबार सुदुरपश्चिम क्षेक्रका जिल्ला शाखाहरुः कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङको अधिबेशन हुने छ । 


 काठमाडौं उपत्यकाका सवै प्रतिष्ठान शाखाहरुको अधिबेशन फागुन २४ गते मंगलबार, एसोसिएट तर्फका सबै संस्थाहरुको फागुन २५ गते बुधबार र उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर तथा कर्णाली क्षेत्रका सवै जिल्ला शाखाहरु जुम्ला, हुम्ला, मुगू, कालीकोट र डोल्पाको अधिबेशन फागुन २६ गते बिहीबार आह्वान भएको भएको छ । 

 
 बैठकले आगामी जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखा अधिवेशनका निर्वाचनका लागि ‘नेपाल पत्रकार महासंघ, शाखा निर्वाचन (कार्यविधि) निर्देशिका २०६४ (तेस्रो संविधान २०७३)’ स्वीकृत गरी जारी गरेको छ । 


बैठकले  सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्ला तथा प्रतिष्ठान शाखा र एशोसियटको सदस्यता टुंगो लगाउन केन्द्रीय समितिले सचिवालयलाई जिम्मेवारी सुम्पेको छ । 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved