उर्जामन्त्री सहभागी कार्यक्रममा स्थानीयको आक्रमणमा परी माओबादी नेता आचार्य घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2017 | 04:28:56 AM मा प्रकाशित

laxmi  sunrise bank

उर्जामन्त्री जनार्दन शर्मा सहभागी एक कार्यक्रम हिंसात्मक बनेको छ । अर्घाखाँची महोत्सवको उद्घाटन गर्न काठमाडौंबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क पुगेका उर्जामन्त्री जनार्दन शर्मा सहभागी कार्यक्रममा ढुंगामुढा  भएको हो । ढुंगामुढामा मन्त्री शर्मा सकुशल रहेपनि अर्घाखाँचीका पूर्व सांसद तथा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य डिलाराम आचार्य घाइते भएका छन् । 

आचार्यले प्रदेश नम्बर पाँच टुक्राउँदा जनता र राष्ट्रको हित  हुने भाषण गरेपछि उनीमाथि स्थानीयले आक्रमण गरका हुन्  ।  आक्रोशित भिडले ढुंगामुडा गर्दा आचार्य घाइते भएका हुन्।ढुंगामुडापछि कार्यक्रम स्थगित भएको छ । कार्यक्रमलाई मन्त्री शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेपनि उनले सम्बोधन गर्न भने पाएनन् ।  

सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याएपछि गुल्मी, अर्घाखाँची, पाल्पालगायतका स्थानीय आन्दोलित छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved