१५ किलो सुन सहित भुजेल पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 12:41:18 AM मा प्रकाशित

laxmi  sunrise bank

ठुलो पारिमाण सुन भेटिएको डेढ साता नबित्दै नेपाल प्रहरीले पुन: १५ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलमा ३४ किलो सुन बरामद गरिएको डेढ साता नबित्दै नेपाल प्रहरीले बालाजुमा १५ किलो सहित रबिन्द्र भुजेललाई पक्राउ गरेको हो। 

चीनको केरुङ नाका हुँदै काठमान्डौ भित्रिदै गरेको गाडीको कलंकीबाट पिछा गर्ने क्रममा महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको हो। गए राती १० बजे प्रहरीले १५ किलो सुनसहित प्रहरीले रबिन्द्र भुजेललाई पक्राउ गरेको हो।

सुराकीको आधारमा सुनसहित व्यक्ति नियन्त्रणमा लिन सफल भएको प्रहरी वृत्त बालाजुका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिएका छन। तातोपानी नाका बन्द भएपछी पछिल्लो समय केरुङ नाका भएर सुन तस्करी बढ्न थालेको छ।   

    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved