१६ तस्विरमा हेर्नुहोस माघे सक्रान्तिको रौनक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 07:25:26 AM मा प्रकाशित

laxmi  sunrise bank

माघे सङ्क्रान्ति पर्व आज मुलुकभरि विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घिउ–चाकु, तिलको लड्डु र तरुल खाएर मनाइँएको छ।  
 
हिन्दु शास्त्र अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई मकर सङ्क्रान्ति' पनि भन्ने गरिन्छ। आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

आजको दिन प्रसिद्ध देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा मकरस्नान, दान, श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भिड हुने गर्छ। 

थारु समुदायमा यो पर्व 'माघी' पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ। तस्विरमा हेर्नुहोस दाङको बाह्रकुने दहमा माघे सक्रान्तिकोको अवसरमा आयोजित एक कार्यक्रमको झलक    

तस्विर : राजेश खत्री 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved