पुनःनिर्माणको कामलाई तीव्रता दिन पुनःनिर्माण प्राधिकरण सीइओ परिवर्तन : गृहमन्त्री निधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 10:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पुनःनिर्माणको कामलाई तीव्रता दिनकै लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरिएको बताएका छन् । १९ औ भूकम्प स्मृति दिवस’का अवसरमा काठमाडौँ महानगरपालिकाले  आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसंगै पुनःनिर्माणको कामले तिब्रता पाउने विश्वास व्यक्त गरे  । 

 हाल कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका निधिले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याए । 

 आज देशभरि नै ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ भन्ने नाराका साथ १९औँ भूकम्प स्मृति दिवस मनाइँदै छ । सरकारले विसं १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा यस दिनलाई भूकम्प स्मृति दिवस मनाउँदै आएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved