तत्काल सरकार विस्तार हुदैन,निर्वाचन जेठमा : मन्त्री कार्की 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 12:37:31 AM मा प्रकाशित

laxmi  sunrise bank

कमल थापा र विजय कुमार गच्छदारलाई उपप्रधानमन्त्री पद दिएर सरकार विस्तार हुने चर्चा चलिरहेकै बेला सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले तत्काल सरकार विस्तार नहुने बताएका छन्  । सरकारका प्रबक्ता समेत रहेका कार्कीले बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गदै  सरकार पुनर्गठन हुने संभावना  नरहेको दाबी गरेका हुन् । 

उनले तत्काल निर्बाचनको मिति घोषणा नहुने समेत बताए ।  उनले सबै दलहरुको सहमतिपछि कसैलाई आहत नहुने गरी मात्र निर्बाचनको मिति घोषणा हुने बताए ।  

तर उनले निर्वाचन जेठमा हुने संभावना रहेको बताउदै निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको जानकारी दिए । साथै उनले संविधान संशोधन विधेयक सीमांकनबाहेक परिमार्जनसहित पारित हुने दाबी गरे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved