भक्तपुरमा पनि खुल्यो यातायात कार्यालय, लाइसेन्सको लागि काठमाडौँ आउनु पर्ने बाध्यता अन्त्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 02:14:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भक्तपुरको जगातीमा यातायात कार्यालय सञ्चालनमा ल्याएको छ । सरकारले दिएको निर्देशन अनुरुप यातायात ब्यबस्था बिभागले कार्यालय थप गरेको हो ।बिभागले यस अघि काठमाडौंको स्वयम्भूस्थित सानो भ¥याङमा पनि यातायात कार्यालय खोली लाईसेन्स वितरणको काम सुरु गरिसकेको छ । 

जगाती कार्यालयको आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन् । कार्यलयले लाइसेन्सको फारम भर्ने, नवीकरण गर्ने र विदेशमा बनेको लाइसेन्सको नेपालीकरण गर्ने कार्य गर्ने छ  । 

हाल कार्यालयमा ट्रायल सेन्टर भने छैन । ट्रायल सेन्टरको टुंगो नलागेकाले तत्काल त्यहाँबाट लाइसेन्स वितरण भने हुने छैन । मन्त्री लेखकले  केही समय भित्रै ट्रायल सेन्टरको पनि व्यवस्था गर्ने घोषणा गरेका छन् । यातायात कार्यालय जगातीका प्रमुख अनोजकुमार घिमिरेले यहि महिना भित्रमा ट्रायल सेन्टरको समेत ब्यबस्था गरी समपूर्ण कार्य गरिने बताए  । 

 त्यहाँबाट लाइसेन्स वितरण थालेपछि काठमाडौं उपत्यकाको मध्य पूर्वका जिल्लाहरुका सर्वसाधारणलाई लाइसेन्स लिन अब राजधानी धाउनु पर्ने बाध्यता अन्त्य हुने छ ।

 काठमाडौंको चाबहिलमा पनि छिट्टै कार्यालयमा सञ्चालनमा ल्याउने बिभागको तयारी छ ।

कार्यालय विस्तार अघि ललितपुरको एकान्तकुनाबाट मात्रै लाइसेन्स दिने व्यवस्था थियो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved