कुकुरका कारण विमानस्थलमा उडान-अवतरण प्रभावित, एयर एसियाको जहाज 'ओभरसुट'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 03:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको क्वालालम्पुरबाट आएको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नै लाग्दा 'ओभरसुट' गरिएको छ । क्वालालम्पुरबाट आइतबार दिउँसो आएको एयर एसियाको जहाज अवतरण गर्नै लाग्दा धावनमार्गमा कुकुरको हुल देखिएपछि 'ओभरसुट' गरिएको हो । 

विमानस्थल टावरले धावनमार्ग छेउमा ३ कुकुर देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न निर्देशन दिएको थियो। त्यस समय जहाज कोटेश्वरको आकाशमाथि आईसकेको थियो  । तिनै कुकुरको कारण नयाँ दिल्लीबाट आएका एयर इन्डिया तथा जेट एयरवेजको जहाजको पनि उडान प्रभावित भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका शिकारीले गोली हानेर कुकुर मारेपछि विमानस्थल सुचारु भएको छ । समय समयमा  कुकुर, बाँदर, चराका कारण उडान–अवतरणमा समस्या हुने गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved