चार करोड अबैध बिदेशी मुद्रा सहित कारोवारी पक्राउ 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 04:27:43 AM मा प्रकाशित

laxmi  sunrise bank

अवैध बिदेशी मुद्रा सहित प्रहरीले ३ चिनियाँ नागरिक सहित ४ जनालाई पक्राऊ गरेको छ । प्रहरीले बा.१ य १२३२ नम्बरको स्कर्पियो गाडीका चालक पेम्बा तामाङ्ग, चाईनिज नागरीक चाङ तोङ फाङ, चौ स्लिडयन, चाउ लियाङ फङलाई पक्राऊ गरेको हो।

गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा, काठमाण्डौबाट खटिएको प्रहरी टोलीले शनिबार चन्द्रागिरी नगरपालिका–३ नागढुंगामा शंकास्पद सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त गाडीलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथमा रहेको हेण्ड ब्याग तथा सुटकेशमा लुकाई छिपाई ल्याएको रकम बरामद भएको हो । 

उनीहरुको साथबाट युएस २,७४,१५१, युरो १,२८,८५०, अष्ट्रेलियन डलर ४,६५०, क्यानेडियन डलर, २,५०० जापानी येन, २२,०८,००० चाईनिज युयान, ३,१७२ स्वीस फ्रयांक, २,००० हङकङ डलर ३० मुद्रा बरामद भएको थियो । बरामद विदेशी मुद्राको नेपाली ४,७१,१३,७९०।– (चार करोड एकहत्तर लाख तेह्रहजार सात सय नब्बे रुपैया) रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालेको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved