हेंवाखोला जलविद्युत् आयोजना निर्माण कम्पनी र स्थानीयबिच ७ बुँदे सहमति 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2017 | 10:58:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ । विभिन्न माग राख्दै स्थानीयवासीले कम्पनीसंग अशन्तुष्टी व्यक्त गर्दै आएका थिए । 

पांचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले कम्पनी र स्थानीयबिच सहमति गरेको हो ।

सहमति अनुसार कम्पनीले उत्पादन गर्ने विद्युत् प्रसारण–वितरण लगायतका कार्यमा स्थानीयवासीले व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने बह्येका छन् ।

  कम्पनीले भने मानेटारदेखि खुङ्खोला सम्मका लागि ६ वटा ११ मिटरका पोलसहित नगद रु २० हजार उपलब्ध गराउने, पच्चिसे खानेपानीलाई आठ सय मिटर पोलेथिनपाइप, चिलिङ्देन खानेपानीलाई एक हजार पाँच सय मिटर प्लास्टिक पाइप उपलब्ध गराउने  छ ।

त्यस्तै कम्पनीले सो क्षेत्रका विभिन्न विकासका कार्यमा समेत आर्थिक तथा भौतिक सहयोग गर्ने सहमति भएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved