लोकतन्त्रपछि राजदरबारको गद्दीबाट हटाइएका ज्ञानेन्द्र गणतन्त्रपछि राष्ट्रपति भवन प्रवेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 17, 2017 | 12:20:25 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा पुर्व राजा ज्ञानेन्द्र राष्ट्रपति भवन पुगेका छन् ।भण्डारीले आफ्नी छोरी निशाकुसुमको बिहेमा ज्ञानेन्द्रलाई पनि निम्तो दिएको थिइन । निम्तो मान्न ज्ञानेन्द्र शितल निवास पुगेका हुन् ।  हुने भएको हो। निशाकुसुमको पूर्वराष्ट्रपति रामवरण यादवका नाति  अभिशेष यादवसंग विवाह हुन् लागेको हो ।

 शाह  बर बधुलाई शुभकामना दिएर पूर्वपञ्चहरु बसेको टेबलमा गएर संगै चिया पिएका थिए  । त्यस टेबलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राप्रपा नेता पशुपतिशमशेर जबरा, पूर्वप्रधानसेनापति प्यारजंग थापा, एन्फाका पूर्व अध्यक्ष एंव राप्रपा नेता गणेश थापा थिए  । 

शाहले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवासंग पनि भेटवार्ता गरेको बताईएको छ। उनि त्यहाँबाट २० मिनेट मै बाहिरिएका थिए ।  लोकतन्त्रपछि राजदरबारको गद्दीबाट हटाइएका शाह  गणतन्त्रपछि पहिलो पटक राष्ट्रपति भवन पुगेका हुन्  । 

तस्विर: किरण नेपाल

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved